सिन्धुलीको मरिण गाउँपालिका–५ निवासी काजीमान तामाङलाई केही वर्ष पहिलेसम्म सदरमुकाम सिन्धुलीमाढी जाँदाको सास्ती अहिले एकादेशको कथाजस्तै बनेको छ । कुनै बेला उहाँले भोगेको उक्त सास्ती अहिले भने जो कोहीलाई पत्याउनै गाह्रो पर्दछ । गाउँबाट मदन भण्डारी राजमार्ग निर्माण भएसँगै जिल्लाकै दुर्गम क्षेत्रको रूपमा परिचित मरिण क्षेत्रले काँचुली फेर्दै गएको छ ।