पश्चिम नेपालको तराईका थारु बस्तीहरुमा ‘माघ’ अथवा ‘माघी पर्व’ को रौनक छाएको छ । तर पछिल्ला वर्षहरुमा पहिलेको भन्दा फरक शैलीको रौनक छ ।
केही वर्ष पहिलेसम्म माघ महिना नजिकिँदै गर्दा गाउँ गाउँमा थरिथरिका तालमा मादल बजेको र गीत गाएको सुनिन्थ्यो । माघी मनाउन विभिन्न खानपिनका लागि जोहो गर्ने गरिन्थ्यो । तर पछिल्ला वर्षहरुमा माघी मनाउन मेला महोत्सव आयोजना गरी माघी मनाउने तयारी गर्नेको लहर गाउँ गाउँमा देखिन्छ ।