सुडानमा युद्धविराम भए पनि अझै सशस्त्र द्वन्द्व चलिरहेको छ । प्रत्यक्षदर्शीहरूले राजधानी खार्तुमको सडकमा ठूलो विस्फोट र बन्दुकको आवाज सुनेको बताएका बीबीसी हिन्दीले जनाएको छ ।
राजधानी खार्तुमको छेउमा रहेको ओमदुरमान र बहरी सहरबाट पनि गोलाबारी भएको खबरमा उल्लेख छ। द्वन्द्व चलिरहेकाले युद्धविरामलाई प्रश्नको घेरामा राखिएको छ । सुडानमा हिजोदेखि सात दिने युद्धविरामको घोषणा भएको थियो।
संयुक्त राष्ट्र सङ्घीय सहायता निकाय यूएनएडका प्रमुख मार्टिन ग्रिफिथ्सले युद्ध जारी राख्न दुवै पक्षको जिद्दीले यो द्वन्द्वलाई विश्वव्यापी प्रकोपमा प...