नेपाललाई कृषि प्रधान देश भनिन्छ तर रेमिट्यान्सले धानेको छ ।
देश कृषि प्रधानबाट ‘रेमिट्यान्स प्रधान’ हुने बाटोमा अग्रसर छ । अधिकांश युवा रोजगारीका लागि विदेशतिर धाइरहेको बेला हेटौंडाका २ युवा भने उदाहरणीय बनेका छन् ।
ती युवा कृषि क्षेत्रमा भविष्य खोज्दै जुर्मुराएका छन् । हेटौंडका सुन्दर श्रेष्ठ र सूर्यबहादुर थिङ्गले स्वदेशमै कृषि र पशुपालन कर्मलाई रोजेका छन् ।
हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सिमलटारका ३४ वर्षीय सुन्दर श्रेष्ठ यतिखेर बंगुरपालनमा रमाइरहेका छन् । सुन्दरले पशुपन्छी ...