इसेवाको ‘शिक्षित युवा, संवृद्ध भविष्य योजना’, ५ सय बढी विद्यार्थीले छात्रवृत्ति पाउने

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उत्तिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षित युवा, संवृद्ध भविष्य’ योजना सार्बजनिक गरेको छ । यस योजनामा ५ सय भन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । यो योजना आगामी भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ । छात्रवृत्ति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्न सकिनेछ । विद्यार्थीहरूले जेभियर इन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टे