लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको हो ।उनीहरु खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बतायो । त्य