सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियास्थित नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ । स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको नहरमा कपडा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेशकुमार चौधरीको अन्दाजी तीन वर्षीया छोरी एलिजाकुमारी चौधरीको आफ्नै घर नजिक पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले