मेरो माइक्रोफाइनान्सले दोस्रो त्रैमाससम्म कमायो करिब ७ करोड नाफा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ६ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा करिब ७७ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २९ करोड ४२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको सञ्चालन नाफा ७७ दशमलव ४४ प्रतिशत कम भएको छ । गत वर्ष रू. ४२ करोडभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ४८ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ४ करोड ६६ लाखभन्दा बढी रहेको छ ।  हाल रू. १ अर्ब २० करोड चुक्तापूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ रू. ३६ करोड ४९ लाखभन्दा बढी र जगेडा कोष रकम रू. ४८ करोड ९३ लाखभन्दा बढी रहेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म गत वर्षभन्दा ५ दशमलव २३ प्रतिशत बढी रू. ३ अर्ब ५९ करोड ७९ लाख निक्षेप संकलन गरेको छ भने ८ प्रतिशत कम रू. १ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ ।  कर्जा सापटी भने गत वर्षभन्दा १४ दशमलव ४५ प्रतिशत कम रू. ८ अर्ब ८९ करोड रहेको छ । गत वर्ष ३ दशमलव ५५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ९६ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३० र प्रतिशेयर नेटवर्थ रू. १७१ दशमलव १९ रहेको छ ।

सम्बन्धित सामग्री

६ महिनामा २३ बैंकको कुल नाफा २९ अर्ब ५९ करोड

चालू आवको दोस्रो त्रैमास मध्यसम्म आक्रामक रूपमा कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरूको नाफामा करिब १२ प्रतिशतले वृद्धि भएको छ । आइतबारसम्म दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका २३ वाणिज्य...

१२२ प्रतिशतले बढ्यो एनआईसी एशिया लघुवित्तको खुद नाफा

एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले रु. ३५ करोड ४८ लाख ६५ हजार खुद मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १२२.०८% ले बढी हो ।समीक्षा अवधिमा लघुवित्तको गत आ.व को सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ९९.१२%, अन्य सञ्चालन आम्दानी ११०.३४% र सञ्चालन मुनाफा १८३.७३ % ले बढेको छ । त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १७.५३ %, जगेडा कोष १७१.१६%, बैँक तथा वित्तीय संस्थाबाट सापटी १३१.३८%, ले बढेको छ । नाफा र चुक्ता पूँजीसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।संस्थाले समीक्षा अवधिको १ बर्षको दौरानमा करिब १३ अर्ब ५८ करोडको थप कर्जा लगानी गर्दै करिब १५८.८४% को बार्षिक विन्दुगत बृद्धि हाँसिल गरेको छ । बित्तीय संस्थाले दोसो त्रैमास सम्ममा कुल लघुकर्जा रकम रु. २२ अर्ब १३ करोड ४१ लाख पु¥याउन सफल भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमास अवधिमा संस्थाको स्व–पुँजीमा प्रतिफल (आरओई) बार्षिक २४.२२% रहेको छ भने बार्षिक रु. ४०.७७  प्रति शेयर आम्दानी आर्जन गर्न सफल रहेको छ जुन गत आ.व को सोही अवधिको तुलनामा लघुवित्तको प्रति शेयर आम्दानी ८८.८४% ले बढी हो ।बित्तीय संस्थाले यो त्रैमास सम्ममा संस्थाले बचत परिचालन तर्फ रु.३ अर्ब २० करोड ८० लाख पु¥याउन सफल भएको छ । बित्तीय संस्थाले लघुकर्जा असुलीमा निकै आक्रमक भई उत्साहजनक नतिजा हाँसिल गर्न सफल भई निष्कृय कर्जालाई ०.९७ % मा सिमित राख्न सफल भएको छ ।वित्तीय संस्थाले ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।