बैंकको निक्षेप ६० प्रतिशत घट्यो

चालू आवको पहिलो नौ महिनामा वाणिज्य बैंकहरूको निक्षेप गतवर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशतले घटेको छ । बैंकहरूको गत आवको तेस्रो त्रैमाससम्म रू. ७१ अर्ब १० करोड निक्षेप संकलन गरेका थिए । चालू आवको सोही अवधिमा यो रकम करिब रू. २८ अर्ब मात्रै रहेको छ । तुलनात्मक रूपमा बैंकहरूको निक्षेप वृद्धिदर चालू आर्थिक वर्षभित्रै पनि धेरै कम छ । ‘बजारमा तरलताको अभावका अवस्था यसको मूलकारण हो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अभियानसँग भने । अघिल्लो आवको चैत मसान्तमा वाणिज्य बैंकहरूको निक्षेप संकलन वृद्धिदर करिब १७ प्रतिशत रहेको थियो । हाल सञ्चालनमा रहेका २७ मध्ये २६ वाणिज्य बैंकहरूले अहिलेसम्म गरेको निक्षेप संकलन करिब ५ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसमा स्थानीय मुद्रा निक्षेप (एलसीबाई) रकम रू. ५ खर्ब ३५ अर्ब रहेको छ । विसं २०६६ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेप करिब ५ खर्ब रुपैयाँ रहेको थियो । चैत मसान्तसम्म एक वर्षमा यो ८५ अर्ब बढेर ५ सय ८५अर्ब पुगेको छ । वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा गरेका कर्जा प्रवाह चालू आवको पहिलो नौ महिनामा करिब ६१ अर्ब रुपैयाँले बढेको छ । आर्थिक वर्षको सुरुमा ४ खर्ब ६६ अर्ब पुगेको छ । राष्ट्र बैंकले दिएको यो तथ्यांकअनुसार अहिले बैंकिङ प्रणालीमा झन्डै १ खर्ब १९ अर्ब रुपैयाँ तरलता रहको देखिन्छ । वर्ष ५, अंक ३६, २०६७, वैशाख २७–जेठ २

सम्बन्धित सामग्री

बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढ्यो

तरलताको अभाव झेल्दै आएका वाणिज्य बैंकहरूमा माघ महिनामा निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको छ । नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल रु …

एक सातामै २० अर्बले बढ्यो निक्षेप : विदेशी मुद्रामा पनि ४ अर्ब बढ्यो

काठमाडौं । पुसको ३ गतेदेखि ८ गतेसम्मको एक सातामा वाणिज्य बैंकको निक्षेप संकलन २० अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार एक सातामा नेपाली मुद्रामा १६ अर्ब निक्षेप संकलन भएको छ भने विदेशी मुद्रामा ४ अर्ब संकलन भएको छ । पुस ८ गतेसम्ममा वाणिज्य बैंकको निक्षेप संकलन बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ […]

बैंकको निक्षेप घट्ने क्रम जारी, साउन लागेपछि ९५ अर्ब घट्यो

साउनको तेस्रो साता बैंकिंङ प्रणालीमा निक्षेप घटेको छ । एक सातामा बाणिज्य बैंकहरुको निक्षेप ४ अर्बले घटेको बैंकर्स संघले जनाएको छ ।संघका अनुसार साउन १३ गते बैंकहरुको निक्षेप ४४ खर्ब ५० अर्ब रहेकोमा साउन २० गतेसम्ममा बैंकहरुको निक्षेप ४ अर्बले घटेर ४४ खर्ब ४६ अर्ब पुगेको छ । यस अवधिमा कर्जा प्रवाह भने २ अर्बले बढेको छ । संघका अनुसार साउन १३  गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ६४ अर्ब रहेकोमा साउन २० गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब पुगेको छ । यस अवधिमा  बैंकहरुको सिडी रेसियो ८७.६९ प्रतिशत रहेको संघले जनाएको छ । साउन महिना सुरु भएपछिको ३ साताको अवधिमा बैंकको निक्षेप ९५ अर्बले घटेको छ।  असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन २० गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर  ४४ खर्ब ४६ अर्ब पुगेको हो।

सेञ्चुरी बैंकको निक्षेप खर्बभन्दा माथि, सीडी रेसियो ८८ प्रतिशतमा

सेञ्चुरी कमर्सियल बैंकले आव २०७८÷०७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ । २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९३ अर्ब ४९ करोड रुपैयाँ थियो । बैंकिङ्ग क्षेत्रमा नै तरलताको संकटको वर्ष पनि बैंकले ७ अर्ब ९१ करोड अर्थात करिव साढे ८ प्रतिशतले निक्षेप वृद्धि गरेको छ । यस्तै, २०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । यो रकम एक आर्थिक वर्ष अघिको तुलनामा १३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । समिक्षा वर्षमा बैंकको कर्जा विस्तार करिव १७ प्रतिशतले भएको छ । साथै, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.९८ प्रतिशत कायम भएको छ भने तरलता अनुपात (एलडी रेसियो) २५.०६ प्रतिशत कायम भएको छ । बैंकको खुद तरल सम्पत्ति (एनएलए) २५ प्रतिशतभन्दा बढी छ ।  बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

नेपाल बैंकको निक्षेप–कर्जामा उच्च वृद्धि

काठमाडौं (अस) । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ । गत फागुनमा नेपालका २७ वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक पहिलो स्थानमा रहेको बताइएको छ । गत फागुननेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले बढेको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्घि भएको छ । २७ मध्ये १७ वटा वाणिज्य बैंकको निक्षेप वृद्घि भएको छ भने १० वटा वाणिज्य बैंकको निक्षेपमा ह्रास आएको छ । वाणिज्य बैंकको औसत निक्षेप वृद्घिदर ५ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा वृद्घि भएको छ । औसतमा वाणिज्य बैंकको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्घि भएको छ । हाल वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब पुगेको छ । फागुनमा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको छ भने कर्जा प्रवाह १७  अर्ब रुपैयाँले विस्तार भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १९ वटा वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात भने ९०.०३ प्रतिशत छ । हाल बैंकले २१३ शाखा, १४७ एटीएम, ४७ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल बैंकको निक्षेप संकलन तथा कर्जा विस्तारमा वृद्धि

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा वृद्धि भएको जनाएको छ ।  फागुन महिनामा २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो ।  गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले बृद्धि भएको देखिएको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्धि भएको छ ।  २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भए

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंकको निक्षेप घट्यो

काठमाडौं, २६ साउन । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । यो चालु आवमा निक्षेप ६१ अर्ब रुपैयाँले घटेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप साउन २२ गतेसम्म ४१ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको छ । साउन महिनाको पहिलो […]

वाणिज्य बैंकको निक्षेप सङ्कलन प्रभावित

नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन

वाणिज्य बैंकको निक्षेप संकलन प्रभावित

नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ । वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर विकास बैंक, वित्त कम्पनी तथा सहकारीहरूले दिएकाले ग्राहकहरू स्थानान्तरण भएको हुनसक्ने बैंकरहरू बताउँछन् ।नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएर कुल निक्षेप ३९ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ । वैशाख दोस्रो साता ५ अ

वाणिज्य बैंकको निक्षेप संकलनमा संकुचन

काठमाडौं, बैशाख १४ । नेपाली नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ । वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर विकास बैंक, वित्त कम्पनी तथा सहकारीहरूले दिएकाले ग्राहकहरू स्थानान्तरण भएको हुनसक्ने बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघले […]