नगरसभाबाट बजेट विनियोजन

बेनी नगरपालिकामा आयोजित १०औं नगरसभाबाट थप ८० लाख बटेज विनियोजन गरेको छ । बुधबार जिसस सभाहलमा भएको नगरसभाबाट हरेक वडाबाट छनोट भएका नयाँ योजनालाई आठ लाख रुपैयाँका दरले बजेट विनियोजन गर्दै पारित गरेको हो ।नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा वडा समितिबाट छनोट भई सिफारिस भएका योजनालाई आठ लाखका दरले सो बजेट विनियोजन गर्दै पारित […]

सम्बन्धित सामग्री

लागू भएन स्थानीय पाठ्यक्रम

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्ने भन्दै नगरसभाबाट बजेट विनियोजन गरिएपनि अझै त्यो पाठ्यक्रम लागू हुन सकेको छैन ।

बेनी नगरपालिकामा योजना थपिए

म्याग्दी । बेनी नगरपालिकाको १०औं नगरसभाबाट चालू आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।  यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ ओटा पूर्वाधारसम्बन्धी योजना र १६२ ओटा कार्यक्रमका लागि २३ करोड २६ लाख ८५ हजार विनियोजन गरिएको थियो । दश योजनाका लागि ८० लाख विनियोजन गर्ने र १२ योजना संशोधन गर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ । ‘दशओटै वडामा आठ–आठ लाखका दरले एक–एक योजनाका लागि बजेट विनियोजन गरिएको छ,’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भने, ‘वडा समितिले सिफारिस गरेका आठ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक विकासतर्फ दुई–दुई योजना संशोधन भएका छन् ।’      सभाले बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न १० लाख विनियोजन गरेको छ । सभाले चालूतर्फको ४५ करोड ८१ लख १० हजार र पूँजीगततर्फको २४ करोड ९६ लाख ६१ हजार संशोधित बजेट पारित गरेको छ । हालसम्म चालूतर्फको १६ करोड ८५ लाख चार हजार (३७ दशमलव ८५) र पूँजीगततर्फ दुई करोड ९५ लाख ३५ हजार (१२ दशमलव ४८) प्रतिशत बजेट खर्च भएको प्रगति विवरण नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरे । यस वर्ष बजेट विनियोजन भएकामध्ये ३० योजना सम्पन्न र ४३ सम्झौता भइसकेका तथा अन्य कार्यान्वयनको चरणमा छन् । कुल चार करोड १२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले पुस २५ गतेसम्म एक करोड ६९ लाख २९ हजार (४१.०९) प्रतिशत राजस्व संकलन गरेको छ । २ लाखभन्दा कम बजेटका योजना वडामै सम्झौता, १० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना निर्माण व्यवसायीमार्फत कार्यान्वयन गर्ने नगरपालिकाले नीति लिएको छ । रासस

प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान

टीकापुर, १५ असार: टीकापुर नगरपालिकाले मेयर प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ को नगरसभाबाट पारित भएबमोजिम प्राविधिक विषय अध्ययन गर्न चाहनेका लागि छात्रवृत्ति दिन आवेदन माग गरिएको हो । छात्रवृत्तिका लागि रु १० लाख बजेट विनियोजन भएको छ । यो रकमले टीकापुरमै सञ्चालित दुईवटा प्राविधिक विद्यालयमा ४० विद्यार्थीललाई […]