टरिगाउँ विमानस्थल स्तरोन्नतीका लागि बजेट विनियोजन

दाङको तुलसीपुरस्थित टारिगाउँ एयरपोर्ट स्तरोन्नतीका लागि बजेट विनियोजन भएको छ । आन्तरिक हवाई सेवाको गुणस्तर बृद्धि तथा पहुँच विस्तार गर्न टरिगाउँ एयरपोर्टसहित डडेलधुरा, बागलुङ, टिकापुर, चौरजहारी, टिकापुर, उदयपुरलगायतको हवाई सेवा...

सम्बन्धित सामग्री

टरिगाउँ विमानस्थल निर्माणको लागि ५५ लाख विनियोजन

असोज १२, दाङ । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलका लागि रू. ५५ लाख बजेट विनियोजन गरिएको छ ।  राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’का अनुसार विमानस्थलमा टावर निर्माण र विस्तारका सो रकम खर्च गरिने जानकारी दिइएको छ ।  वर्तमान सरकारले विमानस्थल निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए । विगत दुई आर्थिक वर्षदेखि सो विमानस्थलका लागि बजेट विनियोजन हुन सकेको थिएन ।  बजेट नपर्दा विमानस्थलको स्तरोन्नति हुन सकेको थिएन । विमानस्थलका धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सक्ने अवस्था छैन ।  त्यसैले विमानस्थलमा धावन मार्ग विस्तार आवश्यक रहेको छ । विमानस्थलमा अहिले इन्धन डिपो स्थापनाको काम भइरहेको छ ।  यस क्षेत्रको विमानस्थललाई स्तरोन्नति गरेर हवाई उडान प्रभावकारी बनाउन आफूले दत्तचित्त भएर पहल थाल्नेसमेत उनको भनाइ छ । रासस