ठेकेदार भागेपछि सडक निर्माण अलपत्र

म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र पारेर ठेकेदार भागेपछि सडक निर्माण बीचैमा रोकिएको छ।

सम्बन्धित सामग्री

सडक निर्माण अलपत्र छाडेर ठेकेदार दुई वर्षदेखि सम्पर्कविहीन

ठेकेदार नै सम्पर्कविहीन भएपछि बाजुराको कोल्टी–मार्तडी सडकखण्डअन्तर्गत पर्ने बडीमालिका नगरपालिका– ७ को चुथीदेखि ढम्कनेसम्मको पाँच किमि सडक कालोपत्रे अलपत्र परेको छ । ३० असार ०८० सम्म काम सक्ने गरी १९ कात्तिक...

कलैया–मानमत–मटिअर्वा सडक निर्माण अलपत्र

बाराको कलैया–मानमत–मटिअर्वा सडक खण्डको निर्र्माण सम्पन्न नहुँदै ठेकेदार सम्पर्कविहीन भएपछि हुलाकी सडक आयोजना कार्यालय वीरगन्जले सडक निर्माण सम्झौता तोड्ने तयारी गरेको छ । हुलाकी सडक आयोजना कार्यालयअन्तर्गत पर्ने मानमत–मटिअर्वा सडकको निर्माण अलपत्र पारेर ठेकेदार बेपत्ता भएको छ ।२०७८ साल माघ २७ गते निर्माण सुरु गरेर ०७९ साल माघ १ गते सम्पन्न गर्ने गरी सप्तकोशी–जलाधार निर्माण […]

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

१० कात्तिकऽ भरतपुर । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको […]

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण अलपत्र

सम्झौताको अवधि ६ महिना बाँकी रहँदा २४ प्रतिशत मात्र काम चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीले...

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण  अलपत्र, ठेकेदार सम्पर्कविहीन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि नाका जोड्ने छोटो दूरीको सडक स्तरोन्नतिको काम...

ठेकेदार भागेपछि सडक निर्माण अलपत्र

घोराही–तुलसीपुर फोरलेन सडक निर्माण सुरु भएको तीन वर्ष पुग्न थाल्यो । २०७६ असारमा काम सुरु भएको सडक ०७८ वैशाखमा सक्ने लक्ष्य थियो । तर, अहिलेसम्म ७ प्रतिशत मात्रै काम भएको छ । हालसम्म कुल लागतको १४ प्रतिशत रकम निकासा भइसेको फोरलेन सडक आयोजनाले जनाएको छ ।

ठेकेदार भागेपछि सडक निर्माण अलपत्र

घोराही–तुलसीपुर फोरलेन सडक निर्माण सुरु भएको तीन वर्ष पुग्न थाल्यो । २०७६ असारमा काम सुरु भएको सडक ०७८ वैशाखमा सक्ने लक्ष्य थियो । तर, अहिलेसम्म ७ प्रतिशत मात्रै काम भएको छ । हालसम्म कुल लागतको १४ प्रतिशत रकम निकासा भइसेको फोरलेन सडक आयोजनाले जनाएको छ ।

लाम्पाटा–दरबाङ सडक निर्माण अलपत्र

मंसिर २७, म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन । मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो । सडक विस्तार गरेर कालोपत्रे गर्न सञ्चालित आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ती भएको मंगला गाउँपालिका–२ रणबाङका मोतीलाल शर्माले बताए । ‘अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ’, उनले भने, ‘पछिल्लो आठ महीनायता सडक निर्माणको काम ठप्प बनेको छ ।’ सो ठेकेदारको जिम्मामा पर्ने बांगे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।   बर्खामा खसेको पहिरो नफालिएकाले सडक साँघुरिएको छ । बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ । बिच सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले सवारी साधन ठोक्कीने गरेको ट्याक्सी चालक रमेश भण्डारीले गुनासो गरे ।   ‘खाल्डैखाल्डा भएको सडक छेउमा थुपारिएको माटो व्यवस्थापन भएको छैन’, उनले भने, ‘सडकको जीर्ण अवस्थाका कारण आवतजावतमा सास्तीका साथै गाडीका पाटपूर्जा बिग्रिएर हैरान भएको छ ।’ लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रू. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जानकारी दिएको छ । कार्यालयका प्रमुख सन्तोष अर्यालले फोन सम्पर्क गर्दा आउँछु आउँछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधि नआएका र काममा फर्काउन ताकेता गरिएको बताए । ‘पत्र र मौखिकरुपमा काममा फर्कन ताकेता गरेका छौँ, उनले भने, ‘चैतसम्म थपिएको म्यादभित्र काम सक्न निर्देशन दिएका छाँै । एक÷दुई दिनमा काममा फर्कने प्रतिक्रिया दिएका छन् ।’ बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले नदीजन्य निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) नपाएकाले सडक निर्माण प्रभावित भएको बताए । मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन ओटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा पर्ने बेनीदेखि सिमसम्मको सडक कालोपत्रेको तयारी भएको छ ।   समानान्तर–लामा जेभीका आयोजना व्यवस्थापक राजेश सदाले सातओटा प्याकेजमा नाली, पर्खाल निर्माण र कालोपत्रका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम भइरहेको बताए । विसं २०७४ असोज ४ गते रू. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करीब ६५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।   मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको तीन दशमलव ६१५ किलोमिटर सडक स्तरोन्नतिका लागि रू. दुई करोड ९५ लाख बजेट आएको र ठेक्का सम्झौताको तयारी भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले बताए । रासस

ठेकेदारको लापरवाहीले धनगढीमा सडक निर्माण अलपत्र

धनगढी : ठेकेदारको लापरबाहीका कारण धनगढीमा सडक निर्माणको काम अलपत्रको काम अलपत्र परेको छ।ठेकेदार र कम्पनीको लापरबाहीकै कारण धनगढी उपमहानगरपालिकाको वडा नम्वर १५ कनरीमा १३० मिटरको सडक निर्माणको काम अलपत्र परेको हो। ठेकेदार भने सडक निर्माणको काम अलपत्र पारेर सम्पर्कमै नआएको बताइएको छ।असार मसान्तभित्रै सम्पन्न गर्ने गरी दुवैतिर नालीसहित कालोपत्रे सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको भए पनि निर्माणको काम भने अझै सुरु भएको छैन। स्थानीयले पटक पटक सडक निर्माणका लागि ठेकेदारलाई आग्रह गर्दा पनि कु

ठेकेदार सम्पर्कविहीन भएपछि सडक निर्माण अलपत्र

‘सडक निर्माणको अवधि सकिएको वर्ष दिन हुन लागेको छ । सडकको मुख्य भागमा गिट्टी र ढुङ्गाको थुप्रो छ । स्थानीयलाई सडकमा सास्ती खेप्नुपरेको छ । ठेकेदार सम्पर्कविहीन भएको स्थानीयको गुनासो छ ।