मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण अलपत्र

सम्झौताको अवधि ६ महिना बाँकी रहँदा २४ प्रतिशत मात्र काम चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीले...

सम्बन्धित सामग्री

ठेकेदारको लापरबाहीले मुख्य बजारको सडक निर्माण अलपत्र

एसियाली विकास बैंकको ऋण लगानीमा धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माणाधीन सडकको काम अलपत्र अवस्थामा छ । निर्माण कम्पनीको लापरबाहीले मुख्य बजार क्षेत्र तथा शाखा सडक निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो ।...

अर्थ मन्त्रालयले बजेट नपठाउँदा सडक निर्माण अलपत्र

जाजरकोट – अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि बढ्न नसकेको हो। जाजरकोटको भेरी नगरपालिका–४ बोहरादेखि काफलचौर गाउँ हुँदै बहुप्राविधिक शिक्षालय जोड्ने सडक र पश्चिम जाजरकोटको छेडा–चाँदे हुँदै जुम्ला जोड्ने […]

बजेट अभावमा सडक निर्माण अलपत्र

जाजरकोट, ८ पुस । अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि बढ्न नसकेको हो । जाजरकोटको भेरी नगरपालिका–४ बोहरादेखि काफलचौर गाउँहुँदै बहुप्राविधिक शिक्षालय जोड्ने सडक र पश्चिम जाजरकोटको छेडा–चाँदे […]

कलैया–मानमत–मटिअर्वा सडक निर्माण अलपत्र

बाराको कलैया–मानमत–मटिअर्वा सडक खण्डको निर्र्माण सम्पन्न नहुँदै ठेकेदार सम्पर्कविहीन भएपछि हुलाकी सडक आयोजना कार्यालय वीरगन्जले सडक निर्माण सम्झौता तोड्ने तयारी गरेको छ । हुलाकी सडक आयोजना कार्यालयअन्तर्गत पर्ने मानमत–मटिअर्वा सडकको निर्माण अलपत्र पारेर ठेकेदार बेपत्ता भएको छ ।२०७८ साल माघ २७ गते निर्माण सुरु गरेर ०७९ साल माघ १ गते सम्पन्न गर्ने गरी सप्तकोशी–जलाधार निर्माण […]

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक निर्माण अलपत्र

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ । गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण योजनाअन्तर्गतको सो सडकमा चार वर्षअघि काम सुरु भए पनि अहिले अलपत्र परेको छ ।डेढ वर्षअघि नै सम्पन्न हुनुपर्ने सो सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाइ भएको स्थानीयको भनाइ छ । सडकको काम लामो समयदेखि रोकिएको छ । सडकको नाला निर्माण भएर ‘बेस बिछ्याए’को लामो समय भए पनि कालोपत्रको काम

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

१० कात्तिकऽ भरतपुर । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको […]

चापागाउँ सडक निर्माण अलपत्र, दक्षिण ललितपुरवासीलाई सास्ती

चापागाउँ – दक्षिण तथा मध्यललितपुरको केन्द्र चापागाउँ सडक विगत एक महिनादेखि ढलानको काम भइरहेकाले बन्द छ । ललितपुरको ७५ प्रतिशत भूभागको केन्द्र चापागाउँ बजारमा एक महिनादेखि यातायातका साधन चल्न नसक्दा हजारौँ यात्री सास्ती खेप्न बाध्य छन् । एकै पटक तीन ठाउँबाट सडक ढलान गर्न सकिने अवस्था भए पनि ठेकेदारको ढिलासुस्तीका कारण अस्तव्यस्त यहाँको दैनिकी झन् […]

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण  अलपत्र, ठेकेदार सम्पर्कविहीन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि नाका जोड्ने छोटो दूरीको सडक स्तरोन्नतिको काम...

लाम्पाटा–दरबाङ सडक निर्माण अलपत्र

मंसिर २७, म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन । मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो । सडक विस्तार गरेर कालोपत्रे गर्न सञ्चालित आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ती भएको मंगला गाउँपालिका–२ रणबाङका मोतीलाल शर्माले बताए । ‘अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ’, उनले भने, ‘पछिल्लो आठ महीनायता सडक निर्माणको काम ठप्प बनेको छ ।’ सो ठेकेदारको जिम्मामा पर्ने बांगे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।   बर्खामा खसेको पहिरो नफालिएकाले सडक साँघुरिएको छ । बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ । बिच सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले सवारी साधन ठोक्कीने गरेको ट्याक्सी चालक रमेश भण्डारीले गुनासो गरे ।   ‘खाल्डैखाल्डा भएको सडक छेउमा थुपारिएको माटो व्यवस्थापन भएको छैन’, उनले भने, ‘सडकको जीर्ण अवस्थाका कारण आवतजावतमा सास्तीका साथै गाडीका पाटपूर्जा बिग्रिएर हैरान भएको छ ।’ लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रू. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जानकारी दिएको छ । कार्यालयका प्रमुख सन्तोष अर्यालले फोन सम्पर्क गर्दा आउँछु आउँछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधि नआएका र काममा फर्काउन ताकेता गरिएको बताए । ‘पत्र र मौखिकरुपमा काममा फर्कन ताकेता गरेका छौँ, उनले भने, ‘चैतसम्म थपिएको म्यादभित्र काम सक्न निर्देशन दिएका छाँै । एक÷दुई दिनमा काममा फर्कने प्रतिक्रिया दिएका छन् ।’ बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले नदीजन्य निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) नपाएकाले सडक निर्माण प्रभावित भएको बताए । मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन ओटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा पर्ने बेनीदेखि सिमसम्मको सडक कालोपत्रेको तयारी भएको छ ।   समानान्तर–लामा जेभीका आयोजना व्यवस्थापक राजेश सदाले सातओटा प्याकेजमा नाली, पर्खाल निर्माण र कालोपत्रका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम भइरहेको बताए । विसं २०७४ असोज ४ गते रू. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करीब ६५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।   मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको तीन दशमलव ६१५ किलोमिटर सडक स्तरोन्नतिका लागि रू. दुई करोड ९५ लाख बजेट आएको र ठेक्का सम्झौताको तयारी भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले बताए । रासस

ठेकेदारको लापरवाहीले धनगढीमा सडक निर्माण अलपत्र

धनगढी : ठेकेदारको लापरबाहीका कारण धनगढीमा सडक निर्माणको काम अलपत्रको काम अलपत्र परेको छ।ठेकेदार र कम्पनीको लापरबाहीकै कारण धनगढी उपमहानगरपालिकाको वडा नम्वर १५ कनरीमा १३० मिटरको सडक निर्माणको काम अलपत्र परेको हो। ठेकेदार भने सडक निर्माणको काम अलपत्र पारेर सम्पर्कमै नआएको बताइएको छ।असार मसान्तभित्रै सम्पन्न गर्ने गरी दुवैतिर नालीसहित कालोपत्रे सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको भए पनि निर्माणको काम भने अझै सुरु भएको छैन। स्थानीयले पटक पटक सडक निर्माणका लागि ठेकेदारलाई आग्रह गर्दा पनि कु