घोराही–तुलसीपुर फोरलेन सडक निर्माण सुरु भएको तीन वर्ष पुग्न थाल्यो । २०७६ असारमा काम सुरु भएको सडक ०७८ वैशाखमा सक्ने लक्ष्य थियो । तर, अहिलेसम्म ७ प्रतिशत मात्रै काम भएको छ । हालसम्म कुल लागतको १४ प्रतिशत रकम निकासा भइसेको फोरलेन सडक आयोजनाले जनाएको छ ।