प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको सहकार्यको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको छ ।
प्रधानमन्त्री ओलीले सरकारलाई सघाउन गरेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस प्रतिपक्षी दल भएकाले र सरकारको काम र व्यवहारका कारण सहयोग गर्नै नसकिने जानकारी गराइएको सहमहामन्त्री महतले बताए ।
वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले सहयोग गर्न आग्रह गर्दै सभापति ...