रूस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमवार हुने

रूस र युक्रेनबीचको युद्ध चर्किएका बेला तेस्रो चरणको शान्ति वार्ता सोमवार हुने भएको छ। यसअघि पनि दुई देशबीच वार्ता भएको थियो। वार्ता युक्रेन र बेलारूसको सीमामा भएको थियो। तर‚ यस पटक वार्ता कहाँ हुने भन्ने खुलाइएको छैन।रूसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष निस्किएको छैन। तेस्रो चरणको वार्ता सोमवार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले जानकारी दिएका छन्। उनले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रूसबीच अर्को अर्थात् तेस्रो चरणको

सम्बन्धित सामग्री

रूस सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको युक्रेनकाे दावी

काठमाडौं । रूस र युक्रेनबीच बमबारीको होड चलिरहेका बेला एक जना युक्रेनी सैन्य जनरलले रुसले सिंगो युक्रेन कब्जा गर्ने रणनीति बनाएको दावी गरेका छन् । युक्रेनी सेनाका ब्रिगिडियर जनरल ओलेक्सी ग्रोमोभले क्रेमलिन युद्धलाई लम्ब्याउने र दीर्घकालमा सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको बताएका हुन् । उनले रूस युक्रेनलाई युरोप र नेटोसँग जोडिन नदिन कटिवद्ध रहेको […]

रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

काठमाडौं– नेटोका प्रमुख रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरुलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रूसलई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् । जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला […]

रूस-युक्रेन युद्ध : किभको सोभियत स्मारक भत्काइयो, तस्वीरहरू

रूस-युक्रेन युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसक्यो। यी दुई महिनाले दुई देशबीच यति धेरै दूरी सिर्जना गरेको छ कि युक्रेनी नागरिकहरू अब रूससँग सम्बन्धित ऐतिहासिक कुराहरूलाई समेत घृणा गर्न थालेका छन्।जसका कारण राजधानी किभमा रूस र युक्रेनबीचको मित्रताको प्रतीक सोभियत स्मारक भत्काइएका छन्।रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गऱ्यो।  त्यसपछि युक्रेनका थुप्रै शहरहरू भग्नावशेषमा परिणत भएका छन्। आज यी दुई देश सबैभन्दा ठूलो शत्रु जस्तो देखिएका छन्। तापनि कुनै समय दुवै देशले ४५ वर्षसम्म सँ

रूस–युक्रेन युद्धको बाछिटाले गरिब मारमा

एकपटक बढेको मूल्य नघट्ने तथा नियामक निकायको निष्क्रियता एवं कानुनको अभावमा उपभोक्ता सधैं ठगीमा पर्नु नेपालमा नौलो रहेन । कोरोना कहरले थिलथिलो पारेको नेपाली अर्थतन्त्र रूस–युक्रेन युद्धको बाछिटाले फेरि एकपटक धराशायी होला कि भन्ने आशंका उब्जिएको छ । नेपालभन्दा धेरै टाढा रहेका यी दुई देशबीचको युद्धको मूल्य संसारभरका नागरिकझैं नेपालीले पनि भोग्नुपरेको छ । युद्धका […]

रूस र युक्रेन युद्धको आर्थिक प्रभाव

रूस र युक्रेनले पूर्ति सिक्रीमा महत्वपूर्ण कच्चा पदार्थ र अवयवहरूको आपूर्ति गर्ने भएकाले विश्वमा धेरै उद्योग प्रभावित हुने भएका छन् । रूस र युक्रेनबीच युद्ध भएको एक महिना भयो तर युद्ध रोकिने भन्ने कुरा अँध्यारो सुरुङको छेउमा बलेको बत्ती पनि देखिने छाँट आएको छैन । अर्थशास्त्रीहरूले समष्टि आर्थिक दृष्टिकोणबाट विश्व अर्थव्यवस्थामा यो युद्धको कारणले पार्ने […]

‘रूस र युक्रेन युद्ध रोक्न सहमति नजिक’ : टर्की

रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको मध्यस्थकर्ता टर्कीले जानकारी दिएको छ । दुवै पक्ष युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले बताएका हुन् । चोवाशुग्लूले भनेका छन्, ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति कायम हुँदैन, तर यस्तो स्थितिबीच पनि वार्ता अघि बढिरहेको छ ।’दुवै पक्ष सम्झौताको नजिक पुगेको आफूहरूले देखेको चोवाशुग्लूले दाबी गरेका हुन् । चोवाशुग्लू गत साता युक्रेन र रूस दुवै मुलुक पुगेका थिए । युद

कुखुरामा पनि रूस–युक्रेन युद्ध प्रभाव !

हाल बजारमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४२० रुपैयाँसम्म पुगेको छ । कुखुरापालकबाट प्रतिकिलो ३०० रुपैयाँमा जिउँदो कुखुरा लिएर व्यवसायीहरूले ४२० रुपैयाँमा तयारी मासु बेचिरहेका छन् । यसो हुनुमा रूस–युक्रेन युद्धदेखि मौसमसम्मले काम गरेको छ ।गत फागुन मध्यसम्म उपभोक्ताहरूले खुद्रा बजारमा कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँसम्ममा पाउँथे । तर, केही दिनयता मासुको मूल्य प्रतिकिलोमा ७० रुपैयाँसम्म बढेको छ । यो वृद्धि साविक मूल्यमा १६.६७ प्रतिशतसम्म बढी हो ।हाल मुलुकमा दैनिक ६० देखि ८० टन मासु खपत ह

नेपालमा रूस-युक्रेन युद्धको सम्भावित आर्थिक असर

रूस र युक्रेनबीच युद्ध चलिरहँदा यसको असर पूरै संसारलाई परिरहेको छ । आयात-निर्यात व्यापारमा सीधै ठूलो असर नहोला तर यसको अप्रत्यक्ष प्रभाव ठूलो छ । नेपालमा पनि असर पर्न थालिसकेको छ । रूस र युक्रेनबीच भएको युद्धलाई कसैले तेस्रो विश्वयुद्धको रूपमा अर्थ्याएर भयानक रूपमा हेर्ने गरेका छन् भने कसैले अब यो युद्ध यत्तिकैमा सकिन्छ भनेर […]

रूस–युक्रेन युद्धको मारमा नेपाली अर्थतन्त्र

रूस र युक्रेनबीचको युद्धले यतिबेला विश्वभर चासो र चिन्ताको अवस्था सिर्जना गरेको छ । युद्धले अशान्तिको अवस्था सिर्जना गर्नेमात्र नभई आर्थिक रूपमा पनि कमजोर बनाउँछ । युरोपेली मुलुक युक्रेनमा रूसले आक्रमण गर्दा नेपालजस्तो तेस्रो मुलुकसम्म युद्धका प्रभाव आइपुगेका छन् । असंलग्न परराष्ट्र नीति अख्तियार गरेको नेपालले खासगरी युक्रेन र रूस दुवै मुलुकसँग व्यापार गर्ने भएकाले […]

रूस-युक्रेन संकटबारे ७ प्रश्न

केही समययता रूस र युक्रेनबीचको बढ्दो तनावले विश्व आक्रान्त बनेको छ। यदि रूस र युक्रेनबीच युद्ध भएको खण्डमा यसको क्षति विश्वले ब्यहोर्ने आँकलन गरिएको छ।पश्चिमा शक्ति विशेष गरेर अमेरिका र बेलायतले रूसी सेना युक्रेनमा आक्रमणको तयारीमा रहेको जनाएका छन्। रूसले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ। तैपनि रूसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैन्य कारबाही हुने चिन्ता व्यक्त गरिसकेका छन्। अमेरिकाले युक्रेनक