रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छ तर निष्कर्ष निस्किएकाे छैन : रुसी वार्ता टोली प्रमुख

रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिनुहुने उहाँले यस्ताे जानकारी दिनु भएकाे हाे ।  उहाँले रुस र युक्रेनका द्धिपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको बताउँदै निष्कर्ष भने ननिस्किएको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ– 'हामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेण्डाअनुसार वार्ता गरिरहेका छौँ ...

सम्बन्धित सामग्री

प्रचण्डको निष्कर्ष : रुस-युक्रेन युद्धबारे नेपालले पक्षधरता देखाउनु गम्भीर गल्ती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुस-युक्रेन युद्धका सन्दर्भमा सरकारले गलत नीति लिएको भन्दै आलोचना गरेका छन् । उनले यो विषयमा गठबन्धनभित्र समेत आफूले असहमति राखेको बताए । पार्टीको केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले रुस-युक्रेनका विषयमा नेपालले देखाएको पक्षधरता नेपालको भूराजनीतिक परिस्थिति प्रतिकूल रहेको उल्लेख गरे । ‘यो गम्भीर गल्ती भयो […]

कृषि मन्त्रीले खुलाए मल ल्याउन नसक्नुको कारण

बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको सरकारले बताएको छ । बोलपत्रमा सहभागी हुने व्यवसायीलाई विश्वास गर्दा समेत कतिपय अवस्थामा दुःख पाइएको र किसानले समयमा रासायनिक मल प्राप्त गर्न नसकेको भन्दै त्यसमा सुधारको आवश्यकता औँल्याइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासायनिक मलको विषय देशको साझा समस्या भएकाले समाधानका लागि सबैको सार्थक पहल जरुरी रहेको बताए । उनले सहजरूपमा रासायनिक मल आयातका लागि सरकारीस्तरमा (जीटुजी) नै विशेष पहल गर्नुपर्ने र त्यसका लागि सरकार लागिपरेको जानकारी दिए ।बोलपत्र प्रक्रियाबाट मलखाद उपलब्ध हुन नसक्ने यो ठेक्का प्रणालीबाट नहुने भएकाले त्यसमा सुधार गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री यादवले रासायनिक मल कारखाना स्थापना गर्नु नै सबैभन्दा उत्तम विकल्प रहेको बताए । लगानी बोर्डले रासायनिक मल कारखाना स्थापनाका सम्बन्धमा छलफल भइरहेको भन्दै उचित निष्कर्ष निकाल्न आग्रह गरे । मन्त्री यादवले भारत सरकारसँग जीटुजीमार्फत पाँच लाख मेट्रिक टन मल उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिँदै उनले चालु आवमा एक लाख ५० हजार मेट्रिक टन उपलब्ध गराउने सहमतिअनुसार मल आयात भइरहेको बताए । भारत सरकारसँगको छलफलका आधारमा ५० हजार मेट्रिक टन बढी रासायनिक मल असारको दोस्रोदेखि तेस्रो सातासम्म आइपुग्ने उनको भनाइ छ । विश्व बजारमा नै इन्धनलगायतका मूल्यमा भएको वृद्धिका कारण सहजरूपमा रासायनिक मल उपलब्ध हुन नसकेको मन्त्री यादवले तथ्य पेश गरे । भारतमा वैकल्पिकरूपमा ‘तरल नाइट्रोजन’ प्रयोग भइरहेको र नेपालमा पाँच लाख लिटर उपलब्ध भइसकेको र बाँकी ४५ लाख लिटर आउने क्रममा रहेको यादवले सदनलाई जानकारी दिए । सरकारले भारत, चीन, कुवेत, साउदी अरब, तुर्कमेनिस्तानलाई रासायनिक मल उपलब्ध गराइदिन पत्राचार गरेको भए पनि कुनै जानकारी नआएको मन्त्री यादवले जानकारी दिए । चालु आवका लागि रासायनिक मलका लागि रु १५ अर्ब बजेट विनियोजन भएकामा थप रु १२ अर्ब ७१ करोड बराबरको स्रोत सुनिश्चित भएको जानकारी दिए । पछिल्ला दिनमा रुस र युक्रेन सङ्घर्षका कारण विश्व बजारमा नै मलको मूल्य वृद्धि भएकाले त्यसको मारमा नेपाल परेको मनत्री यादवको भनाइ छ । मन्त्री यादवले भने , “सबै मिलेर यसको समाधान गरौँ । यो महिनाभरिमा रासायनिक मल उपलब्ध गराउने कार्यमा सबैको सहयोग जरुरी छ ।” मन्त्री यादवले देश र जनताको दायित्व सम्झेर सांसदहरुले आफ्नो धारणा राखेकोमा धन्यवाद व्यक्त गरे । सम्झौताको समयभित्र रासायनिक मल नल्याउने व्यवसायीको ठेक्का रद्द गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको मन्त्री यादवले जानकारी दिए । चीनबाट आयात गरिएको कूल २३ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न लागिएकामा सात हजार मेट्रिक टन आयात भइसकेको भए पनि व्यवसायीको समयावधि सकिएकाले अब कुन प्रक्रियाबाट त्यसलाई मिलाउने भन्नेबारेमा छलफल जारी रहेको बताए ।

युद्धको 'पहिलो चरण' सकिएको घोषणा, के रुस असफल भएको हो ?

एक महिनाअघि युक्रेनमा आक्रमण गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सङ्केत दिँदै अब पूर्वी क्षेत्रलाई 'मुक्त' बनाउन केन्द्रित हुने घोषणा गरेको छ। रुसको रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ।रुसको आक्रमण युक्रेनका केही सहरहरू कब्जा गर्ने र युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको छ। तर युक्रेनको बलियो प्रतिवादका कारण रुस अघि बढ्न सकिरहेको छैन।'हाम्रो कारबाहीको पहिलो चरणको मुख्य काम पूरा भएको छ,' रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोईले भने।'युक्रेनी सशस्त्र फौजको युद्धक्षमता ठोस रूपमै कमजोर भएको छ जसले अब हामीलाई मुख्य लक्ष्य हासिल गर्न केन्द्रित हुन सहयोग पुग्छ। त्यो भनेको डोन्बासलाई मुक्त गर्नु हो।'उनका अनुसार अब रुसी सैनिकहरूले डोन्बासको पूर्ण मुक्तिका लागि ध्यान केन्द्रित गर्नेछन्।पूर्वी युक्रेनको डोन्बास रुसले समर्थन गरेका पृथक्तावादीहरूको बाहुल्य रहेको क्षेत्र हो। रुसी सेनाले किएभमा पनि बमबारी जारी राख्दै राजधानी सहरलाई घेराबन्दी गरिरहेका छन्।रुसी सैन्य अधिकारी रुद्स्कोईले युक्रेनी सेनालाई अन्यत्र अल्झाएर रुस पूर्वमा केन्द्रित भइरहेको बताए।रुस असफल भएको दाबीपश्चिमा अधिकारीहरूले रुसको यो घोषणा मस्कोको रणनीति असफल भएको सङ्केत भएको दाबी गरेका छन्। रुस र युक्रेनबीच जारी युद्धका बेला युरोप भ्रमणमा निस्किएका अमेरिकी राष्ट्रपति जो बाइडन भ्रमण बिट मार्ने क्रममा युक्रेनको छिमेकी देश पोल्यान्डमा छन्।युक्रेनमा रुसी आक्रमणको उद्देश्य अझै स्पष्ट नभए पनि रुसी राष्ट्रपति पुटिनले युक्रेनको निरस्त्रीकरणमा जोड दिँदै आएका छन्। उनले युक्रेनमा रुसीभाषीको नरसंहार भएको दाबी गर्दै त्यहाँको सरकारलाई नवनाजी भएको आरोप लगाएका छन्।उनको दाबीको कुनै आधार खुलेको छैन भने युक्रेन र पश्चिमा देशहरूले रुसको आरोप युद्धका लागि वाहना मात्रै भएको जिकिर गरेका छन्।बीबीसी संवाददाता पोल एडम्सका अनुसार पूर्वी युक्रेनमा केन्द्रित हुने रुसी घोषणाका आधारमा मस्कोले किएभमा नियन्त्रणमा लिने उद्देश्य छोडिसकेको निष्कर्ष निकाल्नु हतार हुन्छ।तर पश्चिमा अधिकारीहरूले रुसले एकपछि अर्को असफलता बेहोर्नुपरेको छ।पोलका अनुसार पश्चिमा अधिकारीहरूले रुद्स्कोईको घोषणालाई मस्कोको युद्धपूर्वको महत्त्वाङ्क्षी रणनीति असफल भएको बुझेका छन्।धेरै मोर्चामा एकैपटक सैन्य अभियान सञ्चालन गर्न नसकिने रुसले बुझ्न थालेको एक अधिकारीले बताए।रुसी सेनालाई 'शक्तिशाली धक्का'युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमणकारी रुसी सेनालाई 'शक्तिशाली धक्का' दिएको दाबी गरेका छन्।'हाम्रा वीर सशस्त्र सैनिकहरूले शत्रुलाई शक्तिशाली धक्का दिएका छन्। उनीहरूतर्फ उल्लेख्य क्षति भएको छ,' रात्रिकालीन सम्बोधनका क्रममा जेलेन्स्कीले भने।उनले युक्रेनमा आक्रमण सुरु भएयता १६,००० रुसी सेनाले ज्यान गुमाएको दाबी गरे पनि रुसले आफ्ना १,३५१ सैनिकको मृत्यु भएको बताएको छ।'म हाम्रा रक्षकहरूप्रति आभारी छु जसले आक्रमणकारीलाई आँधी नआए पनि समुद्र शान्त हुँदैन भन्ने देखाएका छन्,' जेलेन्स्कीले भने।'रुसी कदमसँग प्रतिरोध गरेर हाम्रा रक्षकहरूले रुसी नेतृत्वलाई वार्ता जरुरी छ भन्ने सन्देश दिएका छन्।'उनले मारिऊपोलमा दशौँ हजार मानिसहरू खाना, पानी र न्यानोको अभावमा फसेको भन्दै उनीहरूको अवस्था भने खराब हुँदै गएको उल्लेख गरेका छन्।'त्यो सहरको अवस्था दुःखद छ साँच्चिकै दुःखद। रुसी सेनाले त्यहाँ कुनै पनि मानवीय सहायता लैजान दिएको छैन,' जेलेन्स्कीले भने।मारिऊपोलमा रुसी आक्रमणमा परेको एउटा नाटकघरमा झन्डै ३०० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले बताएका छन्। रुसले आक्रमण गर्दा उक्त भवनमा सयौँ मानिसहरूले आश्रय लिइरहेका थिए।तर रुसले त्यहाँ आफूले आक्रमण नगरेको दाबी गरेको छ।युद्ध जारी भएकै बेला राजधानी किएभमा कफीघरहरू फेरि खुल्न थालेका छन्। युवाहरू कफीघरमा भेला भएर गफगाफ गर्न थालेका छन्।'उनीहरूले रुसका रक्षामन्त्री कतै हराइरहेको भनेका छन्,' पछिल्लो केही साता रुसी रक्षामन्त्री सार्वजनिक बैठकहरूमा नदेखिएकोतर्फ सङ्केत गर्दै जेलेन्स्की भने।रुसी रक्षामन्त्री सर्गेई शोइगूलाई हृदयाघात भएको दाबीयुक्रेनको आन्तरिक मन्त्रालयका एक सल्लाहकारले रुसी रक्षामन्त्री सर्गेई शोइगूलाई हृदयाघात भएको दाबी गरेका छन्।रुसले युक्रेनमा आक्रमण गरेयता ११ मार्चमा सार्वजनिक बैठकमा देखिएका रक्षामन्त्री शोइगू लामो समयपछि बिहीवार राष्ट्रपति पुटिनले मन्त्रीहरूसँग आयोजना गरेको बैठकको भिडिओमा केही सेकेन्ड देखा परेका थिए।आन्तोन जेरास्चेन्कोले आफ्नो फेसबुकमा 'युक्रेन आक्रमणमा असफल भएको पुटिनको आरोपपछि उत्पन्न तनावका कारण रक्षामन्त्री शोइगूलाई हृदयाघात भएको' र अहिले उनी अस्पतालमा भर्ना भएको दाबी बी गरेका छन्।यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका अधिकारीहरूले देशबाहिर गरिरहेको कामबारे 'मिथ्या समाचार' फैलाउने व्यक्तिलाई १५ वर्षसम्म जेल सजाय गर्न सक्ने कानुन बनाएका छन्।उनले युक्रेनमा आक्रमण सुरु भएलगत्तै पनि रुसी सेनाबारे झुटा समाचार प्रकाशन रोक्न यस्तै कानुन जारी गरेका थिए।स्वास्थ्यसेवामा ७० वटा आक्रमण: विश्व स्वास्थ्य सङ्गठनविश्व स्वास्थ्य सङ्गठनले युक्रेनमा अस्पताल, एम्बुलेन्स र चिकित्सकहरूमाथि दिनहुँजसो आक्रमण भइरहेको र हालसम्म ७० वटा भिन्दाभिन्दै आक्रमण भएको जनाएको छ।उसले स्वास्थ्यसंस्थालाई निसाना बनाउने रुसी रणनीति देखिएको उल्लेख गरेको छ।गत मार्च ८ मा दक्षिण खार्किभमा एउटा भर्खरै पुनर्निर्माण भएको अस्पतालमा आक्रमण भएको थियो। युक्रेनी अधिकारीहरूले अस्पतालमा रुसी सेनाले बमबारी गरेको दाबी गरेका छन्।त्यहाँका नगरप्रमुखले सामाजिक सञ्जालमा राखेका तस्बिर र दृश्यमा अस्पतालको मुख्य भवनमा व्यापक क्षति भएको र गत वर्ष मात्रै बनेको नयाँ सोधपुछकक्ष पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिन्छ।सामाजिक सञ्जालमा उपलब्ध भिडिओको आधिकारिताका बीबीसी र अन्य सञ्चारमाध्यमले पुष्टि गरेका छन्। तर कुन अवस्थामा आक्रमण भएको थियो भन्ने खुलेको छैन।'पहिलो आक्रमणले अस्पतालका झ्यालहरू, दोस्रो आक्रमणमा अस्पतालको शल्यक्रियाकक्षहरू ध्वस्त भए,' उपनगरप्रमुख भोलोदिमिर मात्सोकिनले बीबीसीसँग भने।आक्रमणको दिन अस्पतालका कर्मचारीहरूले गर्भवती महिला, बालबालिकासहित युद्धमा घाइते भएका नागरिक र सैनिकहरूको उपचार गरिरहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्।तर भूमिगत तलामा बसिरहेका कारण आक्रमणमा कसैको पनि मृत्यु नभएको बताइएको छ। रुसले आफूले नियोजित रूपमा सर्वसाधारणलाई लक्ष्य गरेर आक्रमण नगरेको दाबी गर्दै आएको छ।

युक्रेन समस्यामा रुसी र अमेरिकी साम्राज्यवादको स्वार्थ

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले रूसले युक्रेनमाथि गरेको आक्रमण दुई साम्राज्यवादीहरुको स्वार्थको परिणाम भएको बताउनुभएको छ । रुस–युक्रेन समस्याका विषयमा बसेको पार्टी बैठकले युक्रेनमा त्यस प्रकारको स्थिति पैदा हुनुको कारण रूसी र अमेरिकी साम्राज्यवादबीचको साम्राज्यवादी स्वार्थहरूका कारणले उत्पन्न अन्तर्विरोध भएको निष्कर्ष निकालेको छ । साम्राज्यवादबीचका अन्तर्विरोधका कारणले युक्रेनको राष्ट्रियता र सार्वभौमिकता तथा विश्वको …

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको  शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यसपटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन् ।तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिए । उनले आ फ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसक

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, यता रुसी हमला भने जारी

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ ।सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन् ।

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, रुसी हमला जारी

मस्को । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशका बीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरूले जनाएका छन् । वार्तामा सहभागी अधिकारीहरू...

युक्रेन तनाव : शिखर सम्मेलन गर्न अमेरिका र रुस सहमत

काठमाडौं : युक्रेन संकटका विषयमा शिखर सम्मेलन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सैद्धान्तिक रुपमा सहमत भएका छन्। फ्रान्सले राखेको शिखर सम्मेलनको प्रस्तावमा दुई नेता सहमत भएको ह्वाइट हाउसले जनाएको छ। रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला यस क्षेत्रको समग्र शान्ति व्यवस्थाबारे शिखर सम्मेलनमा छलफल हुने भएको छ। अमेरिकी गुप्तचर निकायहरुले रुस युक्रेनमाथि आक्रमणको अन्तिम तयारीमा रहेको निष्कर्ष निकालिरहेका बेला शिखर सम्मेलनका लागि दुवै नेता

युक्रेन संकटमा रुसले ल्यायो यस्तो हतियार, अमेरिकासँग पनि छैन तोड

रुस र युक्रेनबीच युद्धको स्थिति निर्माण भएपछि संसार नै तनावमा परेको छ ।  सैन्य भिडन्त रोक्नका लागि अमेरिका र रुसबीच लगातार कुराकानी भइरहेको छ । तर त्यसको निष्कर्ष ननिस्कँदा रुस र नेटो दुवैले घातक हातहतियार तैनाथी बढाएका छन् ।  यसैबीच रुसले तैनाथ गरेको युरेन–९ स्ट्राइक रोबोट ट्यांकले पश्चिमलाई तर्साएको छ । युरेन–९ क्यामरा र कृत्रिम बौद्धिकतामार्फत लक्ष्यलाई ट्य्राक गर्छ । यसलाई तीन किलोमिटर टाढाबाट सञ्चालन गर्न सकिन्छ ।  त्यसबाहेक रुसले घातक बीएमपीटी टर्मिनेटर ट्यांक पनि तैनाथ गरेको छ । यो...

युक्रेन तनाव– पुटिनको 'लक्ष्मणरेखा' र रुसलाई झस्काउने अमेरिकी प्याकेज

युक्रेनका विषयमा तनाव चलिरहँदा रुस र अमेरिकाबीच सोमवार (जनवरी १०) देखि जेनेभामा वार्ता शुरू हुँदैछ ।  यस वार्ताबाट ठोस निष्कर्ष आउने विषयमा शंका छ किनकि दुवै पक्षले एकअर्काविरुद्ध हालैका दिनमा उपयोग गरेको भाषा निकै कठोर देखिन्छ ।  अमेरिकी पक्षको प्रतिनिधित्व परराष्ट्र राज्यमन्त्री वेन्डी शरम्यानले गरेकी छन् ।  उनले मस्कोका कतिपय प्रस्तावहरू कार्यान्वयन गर्न नसकिने बताएकी छन् । अनि परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले मस्कोका मागहरूको उद्देश्य सही नरहेको तथा युक्रेनको टाउकोमा रुसले बन्दूक तेर्स्याइरहुन्जेल कुनै...