काठमाण्डौ – नेपालका विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूले जारी गर्ने आईपीओमा विदेशमा काम गर्ने नेपालीका लागि १० प्रतिशत सेयर अनिवार्य रूपमा छुट्ट्याउनै पर्ने नियम कार्यान्वयनमा आएपछि विभिन्न कम्पनीले विदेशमा काम गर्ने नेपालीका लागि आईपीओ जारी गरिरहेका छन् । तर जारी भएका आईपीओमा अपेक्षाभन्दा कम आवेदन परेको छ । धेरैजसो श्रमिकको बैङ्क खाता नै नहुनु, बैङ्क खाता भए पनि रेमिट्यान्स बचत खाता नहुनु र अनलाइनमार्फत खाता खोल्न र बैङ्कमार्फत सिआरएन नम्बर लिनु पर्ने प्रक्रिया विदेश रहेका श्रमिकले झण्झट मानेका छन् । अर्कोतर्फ अनल...