मोरङ – झन्झटिलो प्रक्रियाका कारण निर्यातकर्ताहरुले सरकारले दिने प्रोत्साहन (इन्सेन्टिभ) रकम लिन नसकेको विराटनगरका उद्योगीहरुले बताएका छन्। विराटनगरमा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र र मोरङ व्यापार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले निर्यातमा इन्सेन्टिभ दिने सरकारको नीति राम्रो भए पनि प्रक्रिया झन्झटिलो भएको गुनासो गरे। उनले निर्यातमा सरकारले दिने इन्सेन्टिभ स्थानीय सरकारबाटै […]