काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ। गत आर्थिक वर्षको यो अवधिमा महानगरपालिकाले तीन अर्ब ६९ करोड राजस्व उठाएको थियो। कोरोना महामारीको त्रास कम भएसँगै राजस्व बढेको कामपा राजस्व विभाग प्रमुख डा.शिवराज अधिकारीले बताए।बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा.अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका हुन्। बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श स
काठमाडौं, पुस १५ । स्थानीय तहहरूले जग्गा वर्गीकरणलाई मूर्तरूप दिएसँगै घरजग्गा कारोबार बढ्न थालेको छ । गत असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढेको देखिएको हो । सरकारले २३ मंसिरसम्ममा जग्गा वर्गीकरण गर्नुपर्नेगरी स्थानीय तहहरूलाई जिम्मेवारी दिएपछि घरजग्गामा मन्दी छाएको थियो । राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाइ गरेका कारण र बैंकहरूमा लगानीयोग्य रकम अभावमा […]
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्र तीन करोडभन्दा बढीको योजना थप गरेको छ । नगरपालिकाको दशौं नगरसभाका क्रममा सो रकम बराबरका नगरस्तरीय योजना थप गरिएको हो ।
नगर उपप्रमुख ओमकुमारी महतोका अनुसार समपूरक बजेटबाट थप भएका योजनामा गिरुबारी खोला र अरुणखोला तटबन्धनका लागि एक/एक करोड विनियोजन भएको छ । गत कायितक पहिलो साता गिरुबारी र अरुणखोलामा आएको बाढीले धेरै क्षति गरेको थियो ।
नगरसभाले अनुमानित राजस्व तथा अनुदान प्रायितसमेत संशोधन गरेको छ । यसअघिको नगरसभामा अनुमानित आय एक अर्ब दुई करोड ३५ लाख रहेकोमा बिहीवार सम्पन्न नगरसभाले उक्त रकम संशोधन गरी एक अर्ब पाँच करोड ४२ लाख पारित गरेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गर्दै २०७८ पुस १५ गतेसम्म चालूतर्फ २४.१३ प्रतिशत र पूँजीगततर्फ ५.५४ प्रतिशत रकम खर्च भएको उपप्रमुख महतोले जानकारी दिइन् । यस अवधिमा चालूतर्फ १३ करोड १३ लाख ७६ हजार तथा पूँजीगततर्फ दुई करोड ६६ लाख खर्च भएको उनले बताइन् ।
नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले सबै वडामा स्वास्थ्य संस्थाको स्थापना, सडक पूर्वधारको निर्माण, खानेपानी आयोजना, नगरको सुविधा सम्पन्न आफ्नै भवन, विभिन्न ठूला योजनाको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारलगायत काम भएको बताए ।
वैशाख ७, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात कारोबार गर्न सकिने गरी उक्त बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले १३ प्रतिशत बोनस शेयर बापतको ३९ लाख २१ हजार २४१ दशमलव ६६ कित्ता शेयर चैत ३१ गते नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको थियो । गत पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा सम्बन्धित हितग्राही खातामै शेयर जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।
उक्त मिति पश्चात शेयर अभौतिकीकरण गराएकाको हकमा पनि क्रमश: जम्मा गरिदै जाने भएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथाशिघ्र गराउन पनि कम्पनीले आग्रह गरेको छ । २०७६ साल असोज २७ गतेपश्चात शेयर खरीद गरी कायम भएका शेयरधनीहरुले भने १३ प्रतिशत बोनस शेयरमा लाग्ने कर भुक्तानी गर्नुपर्ने भएकाले कर बापतको रकम जम्मा गरेपछि मात्र बोनस शेयर जम्मा गरिने समेत कम्पनीको भनाइ छ ।
कर बापतको रकम शेयरधनीहरुले नेपाल इन्भेष्टमेण्ट बैंकको लाजिम्पाट, काठमाडौंमा एनआईबिएल एस क्यापिटल शाइन बोनस ट्याक्स आर्थिक वर्ष २०७६/७७ नाममा रहेको खाता नम्बर ०३६०१०४०२६५५७७ मा जम्मा गर्नु पर्नेछ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
भैरहवा-बिमा रकम पाउने लोभमा रुपन्देहीमा श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ । बिमाको लोभमा श्रीमतीको हत्या भएको देखिएको आइतबार रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक प्रबिण पोखरेलले पत्रकार सम्मेलनमा बताए ।प्रहरीका अनुसार घटना गत पुस १५ गतेकोे हो । इलाका प्रहरी कार्यालय लुम्बिनीको गस्ती टोलीले कोटहीमाई गाउँपालिका वडा नम्बर १ पतिजिया सिपवा स्थित झुलनीपरदेखि मर्चवार […]
सर्लाहीको हरिवन नगरपालिका– ११ स्थित इन्दुशङ्कर चिनी उद्योगले चालू यामको भुक्तानी शुरु गरेको छ । मुलुकका कतिपय चिनी उद्योगले वर्षौंँदेखिको भुक्तानी नगरिरहेका अवस्थामा सो उद्योगले उखु किसानबाट चालु याममै खरीद गरिएको उखुको भुक्तानी शुरु गरेको हो ।
उद्योगले गत वर्ष उखुको मूल्यलाई नै आधार मानेर उखु उत्पादक किसानलाई यस वर्षको उखु खरीद गरेवापतको रकम भुक्तानी शुरु गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए ।
उनका अनुसार गत पुस १५ गतेसम्मको उखु खरीदवापतको करीब रु २० करोड बैंक खातामार्फत भुक्तानी भइसकेक...
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ ।
झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान लिएको भनी ...