नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउने कोसिस भइरहेको आरोप लगाएका छन् । ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमसीसीबारे सत्ता गठबन्धनकै नेताहरूले दिएका विरोधाभासपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भू राजनीतिक द्वन्द्वको विषय बनाउने कोसिस गरेको बताएका हुन् । ‘एमसीसका बारेमा दुईवटा नेताले गोप्य वार्ता गर्छन् । पास गर्छौँ भने