काठमाण्डाै - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिनुभएको छ ।
सर्वसम्मत अध्यक्षको लागि प्रयास गरे पनि रावलले अस्वीकार गरेपछि ओली रावलसँग प्रतिस्पर्धा गर्न बाध्य हुनुभएको हो । आज चुनावी प्रक्रिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसपछि ओलीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।
ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शङ्कर पोखरेल रहनुभएको छ । गएराति मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिय...