नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेर देशलाई सैन्य गठबन्धनतिर लैजाने प्रयास गरे पनि रोकेको बताएका छन् । ‘एसपीपी खारेज गर्ने भूमिका हामीले नै खेलेको हो । कसैले इन्कार गर्न सक्दैन गर्नु हुँदैन’ प्रचण्डले भने, ‘ओली नेतृत्वको सरकारले नै एसपीपी सम्झौता गरेर सैन्य गठबन्धन गरेर देशलाई लैजानेको सुरुवात गरेका हुन् । यसको जिम्मा उनले लिनुपर्छ । हामीले मान्दैनौ ।’आफूले एसपीपी सम्झौता खारेज गरिन्छ