शंकर पोखरेलको तर्क : ‘संसद विघटन केपी ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको कदमलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भएको राजनीतिक विद्रोहको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसबूकमा नेकपा एकता सफल हुन नसक्नुको कारणबारे लेख्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरण गर्न चाहेको संकेत गरेका छन् । ‘हामी कहाँ ३ वटा क्रान्तिपछि पनि युग परिवर्तनको आभास दिन सकिएको छैन । यस्तो किन ? पुरानो पुस्ताका नेताले खोज्ने कोसिस कहिल्यै गर्नुभएन,’ उनले लेखेका छन्, &lsquo...

सम्बन्धित सामग्री

प्रचण्डको षडयन्त्र चकनाचुर पार्न संसद विघटन : केपी ओली

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठिक भएको बताएका छन् । बुधबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समितिको बैठकमा ओलीले पुष ५ गलत थियो भन्नेले प्रचण्ड र माधव नेपालको ‘षडयन्त्र’ ठिक थियो भन्नुपर्ने बताए। ‘आजकल पुष ५ गलत थियो भनेको सुन्छु,’ ओलीको भनाइ छ, ‘त्यसो भए प्रचण्ड र माधव नेपालको […]

केपी ओली गफाडी नम्बर वान : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा रहेको बताए । ‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन’, अध्यक्ष नेपालले भने, &lsqu

ओलीलाई प्रश्न : संसद विघटन गर्नेले कति चोटि उठबस गर्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा सहभागी नेताले प्रश्न उठाएका छन्– ‘पार्टी कमिटीमा छलफल नै नगरी पटक–पटक संसद विघटन गर्नेलाई कारवाही हुनुपर्छ कि पर्दैन ?’ केपी ओली नेतृत्वको सरकार हटाउन भुमिका खेल्ने नेताहरुलाई कारवाही गर्नुपर्ने ओली पक्षका नेताहरुले बैठकमा बताएपछि त्यसको जवाफ दिँदै अरु नेताले संसद विघटन गर्नेमाथि कारवाही हुनुपर्ने माग गरेका हुन् ।फरक पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने र आफ्नो पार्टीको नेतालाई सरकारबाट हट

‘राष्ट्रपतिले प्रधानमन्त्रीमा मलाई केपी ओली नै चाहिन्छ भन्नुभयो’

काठमाडौँ – संसद विघटन सम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा बुधबारदेखि सुरु भएको विषय केन्द्रित बहसको क्रममा निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताले राष्ट्रपतिबाट संविधानभन्दा बाहिर गएर असीमित अधिकारको प्रयोग भएको जिकिर गरेका छन्। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न तथा संसद विघटन खारेजीको मागसहित १४६ सांसदको तर्फबाट दायर रिटको सम्बन्धमा बुधबारदेखि विषय केन्द्रित बहस […]

केपी ओली हामीलाई ‘गिनी पिग’ बनाउन चाहन्छन् : जगन्नाथ खतिवडा

नेकपा एमाले, माधव नेपाल समूहका पोलिटब्युरो सदस्य जगन्‍नाथ खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको र संसद विघटन गरेकोप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन् । ओलीले आत्मालोचना गरेर माफी नमागेसम्म उनीसँग सम्झौता हुन नसक्ने खतिवडाको भनाइ छ ।केपी ओलीले आफूहरुलाई ‘गिनी पिग’ बनाउन खोजेको खतिवडाले बताए ।माधव नेपाल पक्षका हार्डलाइनर नेताका रुपमा चिनिने खतिवडाले भने, ‘केपी ओली समूहसँग आदर्शको मृत्यु भइसकेको छ । आत्मसम्मानयुक्त राजनीतिक वातावरणमा सँगै मिलेर काम गर्न सकिने

कृषिमा विदेशी लगानी : नेपाली दूधमा ‘भारतीय ढाडे’

२४ पुस, काठमाडौं । केपी ओली नेतृत्वको कामचलाऊ सरकारले संसद विघटन गरेलगत्तै अध्यादेशमार्फत कृषिमा विदेशी लगानी खुल्ला गरेको छ । सरकारको यो निर्णयलाई किसानमारा नीतिको संज्ञा दिँदै सरोकारवालाहरुले विरोध जनाएका छन् । अध्यादेशमार्फत कृषिमा विदेशी लगानी खुल्ला गर्नुका पछाडि भारतीय दुग्ध कम्पनीलाई पोस्ने र नेपाली उद्योगलाई धरासायी बनाउने राष्ट्रघाती नियत रहेको भन्दै स्वदेशी उद्योगीहरुले सरकारको […]

संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा संघसंस्थाद्वारा विरोधसभा (फोटो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा सङ्घसंस्थाहरूले विरोधसभा सम्पन्न गरेका छन् । ‘ओली सरकारको संसद विघटन गर्ने प्रतिगमनउन्मुख फासीवादी कदमका विरुद्ध सङ्घर्ष गरौँ !’ मूल नाराका साथ २०७७ पुस १९ गते नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न भएको हो । विरोधसभालाई सम्बोधन गर्दै नेकपा (मसाल) प्रवक्ता रामप्रकाश पुरीले ओली सरकारद्वारा संसद विघटन गर्ने कार्यलाई २०६२–६३ सालको जनान्दोलनको उपलब्धि समाप्त गर्ने प्रयासको सङ्ज्ञा दिनुभयो । लोकतान्त्रिक गणतन्त्र २०६२–६३ सालको जनआन्दोलनको प्रमुख उपलब्धि रहेको बताउँदै उहाँले त्यसको रक्षाका अहिले सडक आन्दोलन नै उपयुक्त विकल्प भएको उहाँको ठहर थियो । प्रवक्ता पुरीले भन्नुभयो– ‘जनान्दोलन सशक्त बनाउन नसके महान् जनान्दोलनको उपलब्धि गुम्ने र राजनीतिक अस्थिरता कायम हुने छ ।’ सत्तारूढ नेकपाभित्रको आन्तरिक कलहका पछाडि सत्तास्वार्थ प्रमुख रहेको उहाँको भनाइ थियो । ‘आन्तरिक रूपमा सत्तास्वार्थ नमिल्दा जनतालाई अप्ठ्यारोमा पारियो’ प्रवक्ता पुरीले भन्नुभयो– ‘एमसिसीको विरोधमा सत्तारूढ दलभित्रैबाट चर्को विरोध थियो, तर अहिले त्यो मुद्दा सडकमा खै ?’ उहाँले अहिले सत्तास्वार्थको कारण एमसिसी, सीमा अतिक्रमणलगायतका राष्ट्रियताका मुद्दा गुम्दै गइरहेको बताउनुभयो । केपी ओली सरकारले पार्टीभित्रको आन्तरिक कलहका कारण संसद् विघटन मात्रै होइन, सङ्कटकालसम्म विस्तार पाउन सक्ने उहाँको आशङ्का थियो । ‘संसद पुनःस्थापना भयो भने प्रधानमन्त्री ओलीले सङ्कटकाल पनि लगाउन सक्छन्’ उहाँले भन्नुभयो– ‘त्यो खतराको विरुद्ध पनि यो आन्दोलन सचेत हुनुपर्दछ ।’ कार्यक्रममा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले अहिले देशमा सडकको राजनीतिक तापक्रम बढ्दै गइरहेको बताउनुभयो । ‘हामीले चिसो सडकमा केपी सरकार गलत नीतिका विरुद्ध सडक आन्दोलन सुरु गरेका थियौँ’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले त संविधान बनेपछि आन्दोलनको युग सिद्धियो भन्ने प्रचण्ड–माधवहरू नै आन्दोलनमा छन् ।’ आन्दोलनको सुरुवात आफूहरूले गरेको बताउँदै उहाँले २३ दल आन्दोलनमा डटिरहने बताउनुभयो । सम्बोधनको क्रममा उहाँले सत्तारूढ नेकपाको पोल खोलाखोल गरेकोमा दुवै पक्षलाई धन्यवाद दिनुभयो । उहाँले ब्यङ्ग्यात्मक रूपमा भन्नुभयो– ‘हामीलाई हाइसञ्चो छ । हामीले गर्नुपर्ने काम केपी र प्रचण्डले आपसमै गरिरहेका छन् ।’ ‘२०६२–६३ सालको जनान्दोलनअघि गणतन्त्रलाई आन्दोलनको नारा बनाउने निर्णय ...

‘निरंकुश केपी ओली एण्ड प्रवृत्ति’ को अन्त्य भयो – माधव नेपाल

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निरंकुश केपी ओली एण्ड प्रवृत्तिको अन्त्य भएको बताउनुभएको छ । संसद विघटनविरुद्ध काठमाण्डौमा भएको कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश कदमअन्तर्गत संसद विघटन गरेको बताउनुभयो । पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गर्नु राजनीतिक र संवैधानिक हिसाबले उचित नभएको भन्दै उहाँले असंवैधानिक कदमलाई अस्वीकार गर्न सबैसँग आग्रह गर्नुभयो । अध्यक्ष नेपालले ओली गणतन्त्रविरोधी भएको...