जापानसँगको श्रम समझदारी व्यर्थ

काठमाडौं । पाँच वर्षअघि जापानसँग भएको श्रम समझदारी कार्यान्वयन हुन नसक्दा व्यर्थ भएको छ । दक्षिण कोरियामा जस्तै सरकारी तवरबाटै नेपाली श्रमिकलाई जापानमा रोजगारी दिने गरी १२ चैत २०७५ मा ‘सहकार्यको समझदारी’ भएको थियो । तर, अहिलेसम्म उक्त समझदारीअन्तर्गत नेपाली कामदार जापान जान पाएका छैनन् । बरु सरकारले जापानमा कामदार पठाउने अधिकार म्यानपावरलाई दिएको छ ।  कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचनाप्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाजका पार्टपुर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने गरी नेपालसँग जापानले समझदारी गरेको थियो । समझदारीअन्तर्गत जाने नेपाली कामदारले जापानी नागरिकसरह वा बढी पारिश्रमिक पाउने बताइए पनि सरकारी प्रणालीमार्फत नेपालबाट कामदार लैजान जापानले अनिच्छा देखायो ।  श्रमिक लैजाने विधि, प्रक्रिया, श्रमिकको सेवासुविधा, सुरक्षालगायत विषयमा भएको समझदारीपछि बाँकी विषय दुई देशबीचको प्राविधिक संयन्त्रले टुंगो लगाउने भनिएको थियो । समझदारीपछि भाषा परीक्षा र शीप परीक्षण, श्रमिक छनोट प्रक्रिया शुरू गर्नुपर्नेमा जापान सरकार शुरूमा उदासीन देखियो । नेपाल सरकारले पनि पर्याप्त पहल गरेन । फलस्वरूप अहिलेसम्म ‘स्पेसिफाइड स्किल वर्कर’ जापान जान नपाएका हुन् ।  यस विषयमा जिज्ञासा राख्दा श्रम मन्त्रालयका उच्च अधिकारीले नेपालको पनि कमजोरी रहेका तर त्योभन्दा बढी जापानको अनिच्छाले कामदार जान नपाएको बताए । यस विषयमा मन्त्रीमार्फत निरन्तर कूटनीतिक पहल हुनपर्नेमा त्यसो हुन नसकेको ती अधिकारीले बताए । ‘छिटोछिटो सरकार परिवर्तन र मन्त्रीहरूले प्राथमिकतामा नराख्दा समस्या भएको हो,’ नाम उल्लेख नगरिदिन आग्रह गरेका श्रम मन्त्रालयका ती अधिकारीले भने । हाल जिट्कोमार्फत सीमित नेपाली श्रमिक जापान गइरहेका छन् ।  समझदारी कार्यान्वयनमा लैजान नसकेपछि पछिल्लो समय सरकारले जापानमा नेपाली कामदार पठाउने अधिकार म्यानपावर कम्पनीलाई दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा निश्चित शीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० जारी गरेको छ । यससँगै म्यानपावरलाई संस्थागत रूपमा माग ल्याउन र कामदार जापान पठाउन कानूनी बाटो खुलेको छ ।  कार्यविधिमा जापानमा ‘स्पेसिफाइड स्किल वर्कर’ पठाउने म्यानपावर कम्पनीसँग भाषा र शीपका लागि प्रचलित मापदण्डबमोजिमको आफ्नै स्वामित्वको तालीम केन्द्र या पूरै समय उपयोग गर्न सकिने गरी करार सम्झौता गरी लिएको तालीम केन्द्र हुनुपर्ने उल्लेख छ । भाषा प्रशिक्षण तालीम केन्द्रमा जापानी भाषा पढाउने सम्बन्धमा जापानी भाषा प्रशिक्षणको आधिकारिक प्रमाणपत्र प्राप्त कम्तीमा दुई जना भाषा प्रशिक्षक भएको हुनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।  नेपाली इजाजतपत्र प्राप्त संस्थाले एसएसडब्ल्यू प्रणालीको माग संकलन, प्रमाणीकरण तथा सहजीकरण एवं नेपाली श्रमिकका लागि आवश्यक कल्याणकारी सेवा तथा कार्यहरू गर्ने प्रयोजनका लागि जापानमा कानूनी रूपमा दर्ता भएको आफ्नै सम्पर्क शाखा वा त्यसप्रकारको काम गर्न अनुमति प्राप्त संस्था ‘रजिस्टर्ड सपोर्ट अर्गनाइजेशन’सँग सम्झौता गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा छ । यो कामका लागि नेपाली श्रमिक तथा नेपाली इजाजतपत्र प्राप्त संस्थासँग कुनै पनि शुल्क नलिने सम्झौता भएको हुनुपर्ने व्यवस्था पनि कार्यविधिमा छ ।  कार्यविधिमा जापानी रोजगारदाता स्वयंले वा भाषा तथा शीप तालीम प्रदायक संघसंस्थाले नेपालमै आएर भाषा तथा शीप तालीम प्रदान गर्ने भए भाषा तथा शीप तालीम दिन सक्ने आफ्नै पूर्वाधार भएको वा नेपालस्थित जापानी भाषा तथा विशिष्टीकृत शीप प्रशिक्षण केन्द्र पूरै समय उपयोग गर्न सकिने गरी करार सम्झौता गरेर लिएको हुनुपर्ने उल्लेख छ । एसएसडब्ल्यू प्रणालीअन्तर्गत रोजगारीका लागि जापान जान इच्छुक नेपाली नागरिकले जापान सरकारको सम्बद्ध निकायबाट मान्यताप्राप्त संस्था वा इजाजतपत्र प्राप्त संस्थाबाट सञ्चालन भएको जापानी भाषा र पेशागत शीप परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली श्रमिकको विवरण इजाजतपत्र प्राप्त संस्थाले विभागलाई उपलब्ध गराउने र यस्तो सूची विभागले अद्यावधिक गर्नुपर्ने उल्लेख छ । मन्त्रालयले कार्यविधिमा जापानमा रोजगारीका लागि पठाउँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा योगदान, सामाजिक सुरक्षा कोषमा योगदान र श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने भनिएकोमा त्यसैअनुसार हुने उल्लेख छ । म्यानपावरले उठाउने सेवा शुल्क मन्त्रालयले तोकेबमोजिम हुने भनिएको छ ।  नेपालको म्यानपावर एजेन्सी र त्यसको जापानस्थित सम्पर्क शाखा वा जापानस्थित रजिस्टर्ड सपोर्ट अर्गनाइजेशनले श्रमिकबाट शुल्क लिन नपाउने भनिए पनि कार्यविधिमा अन्य शुल्क मन्त्रालयले तोक्ने उल्लेख छ । जापानी रोजगारदाताको अनुरोधमा नेपाली शीप तथा भाषा प्रशिक्षण प्रदायक संस्थाले सञ्चालन गर्ने शीप तालीम तथा भाषा प्रशिक्षण एवं परीक्षणको शुल्क सम्बद्ध रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।  छनोट प्रक्रियापूर्व नै श्रमिकले तोकिएको तालीम प्राप्त गर्न तथा भाषा प्रशिक्षणका लागि बेहोरेको शुल्कको विषय यसअन्तर्गत नपर्ने उल्लेख छ । मन्त्रालयको रोजगार व्यवस्थापनसम्बन्धी विषय हेर्ने महाशाखाले श्रम समझदारीपत्रबमोजिम सम्पर्क बिन्दुका रूपमा काम गर्ने श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेल बताउँछन् । उनका अनुसार यो कार्यविधि कार्यान्वयनमा सहजीकरण गर्न सम्पर्क बिन्दुले जापानी पक्षसँग आवश्यकताअनुसार समन्वय गर्नेछ ।   

सम्बन्धित सामग्री

रोमानियापछि मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी हुने

काठमाण्डौ – रोमानियापछि सरकारले युरोपियन देश जर्मनीसँग पनि श्रम समझदारी गर्ने भएको छ । अक्टोबर १० अर्थात् भोलि मङ्गलवार नेपालले जर्मनीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जनाकारी दिनुभयो । युरोपेली देश रोमानियासँग नेपालले गएको शुक्रवार मात्र श्रम समझदारी गरेको हो । पछिल्लो समय युरोपेली देशमा नेपालीहरूको आकर्षण बढ्दै गएको छ । संस्थागत रूपमा श्रमिकहरू पठाउन नसक्दा व्यक्तिगत माध्यममार्फत लाखौँ रुपैयाँ तिरेर श्रमिकहरू युरोप रोजगारीमा गइरहे...

जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न गृहकार्य

४ असार, काठमाडौं । सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो । मन्त्रालय स्रोतका अनुसार यी दुई देशसँग श्रम समझदारी गर्न समझदारीपत्रको मस्यौदा तयार गरेर पठाइएको छ […]

नेपाल–मलेसिया श्रम समझदारी परिमार्जन हुने

काठमाडौं । नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन हुने भएको छ । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रवार भएको भेटवार्तामा यस्तो समझदारी भएको हो । आउँदो अक्टोबरमा यसअघिको समझदारी परिमार्जन हुने बताइएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम समझदारी भएको थियो । अब हुने परिमार्जनमा मलेसियाले घरेलु कामदारको व्यवस्था र नेपालले शून्य लागतको नीतिलाई जोड दिने भनिएको छ । मलेसियाको रोजगारीमा जाने कामदारसँग शुल्क लिन नहुने यसअघि नै सहमति भए पनि श्रमिकले शुल्क तिर्नुपर्ने बाध्यता छ । यसअघिको सम्झौता पूर्णरूपमा कार्यान्वयन नहुँदा कामदार मर्कामा पर्दै आएका छन् । सम्झौता अनुसार रोजगारीका लागि मलेसिया जाने कामदारको हवाई टिकटदेखि, स्वास्थ्य परीक्षणलगायतको सम्पूर्ण खर्च त्यहाँका रोजगारदाताले बेहोर्नुुपर्ने हुन्छ । मलेसियाले नेपाली कामदारलाई उच्च प्राथमिकता दिएको छ । केही समयअघि मलेसिया सरकारले कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरेर १ हजार ५०० रिंगिट (करीब ४६ हजार ५०० रुपैयाँ) पुर्‍याएको छ, जसले गर्दा रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या बढेको छ । श्रम समझदारीमा परिवर्तन भएसँगै शून्य लागतको नीतिलाई कडाइ गर्न सकिए शुल्कविनै नेपाली कामदार मलेसियाको रोजगारीमा जान पाउँछन् ।

साउदीसँग छिट्टै श्रम समझदारी हुने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताएका छन् । आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार पुगेका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिरहेको बताएका थिए । सो अवसरमा उनीहरुबीच साउदीमा […] The post साउदीसँग छिट्टै श्रम समझदारी हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलायत रोजगारी : श्रम समझदारी कार्यान्वयनको ढाँचा छलफलकै क्रममा

काठमाण्डौ – नेपालका स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी दिने गरी बेलायत र नेपालबीच श्रम समझदारी पत्रमा भदाै ६ गते हस्ताक्षर भयाे । यो श्रम समझदारीपछि सरकारी प्रक्रियाबाटै नेपालका स्वास्थ्यकर्मी बेलायत रोजगारीमा जान पाउने बाटो खुला भएको छ । नेपाल र बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भइसके पनि त्यसको कार्यान्वयनका कतिपय विषय भने छलफलकै चरणमा रहेको छ । स्वास्थ्यकर्मी भनिए पनि सुरुवाती चरणमा नेपाली नर्सलाई मात्र बेलायत पठाउने तयारी छ ।  सरकार सरकारबीचको प्रक्रिया नेपाल र बेलायतबीच नेपालका स्वास्...

नेपाल र बेलायतबीच आउँदो ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुने

काठमाण्डौ – नेपाल र बेलायतबीच आउँदो ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीका अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच भदौ ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो ।  श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार पारिसकेको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाण्डौमा रहेको बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबी...

बेलायतमा नर्स पठाउने श्रम समझदारी गर्न मन्त्रिपरिषद‍्‍को स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्‍ले बेलायतमा नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृति दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मन्त्रिपरिषद्‍ले श्रम स्वीकृति गर्न सक्ने गरी मस्यौदा समझदारीलाई स्वीकृत गरेको हो । मासिक अधिकतम् ४ लाख रुपैयाँसम्म तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रियाबारे बेलायतसँग समझदारी हुन लागेको हो । श्रम समझदारीको […]

बेलायतमा नर्स पठाउने श्रम समझदारी गर्न मन्त्रिपरिषद‍्‍को स्वीकृति

९ साउन, काठमाडौं । मन्त्रिपरिषद्‍ले बेलायतमा नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृति दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मन्त्रिपरिषद्‍ले श्रम स्वीकृति गर्न सक्ने गरी मस्यौदा समझदारीलाई स्वीकृत गरेको हो । मासिक अधिकतम् ४ लाख रुपैयाँसम्म तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रियाबारे बेलायतसँग समझदारी हुन लागेको हो । […]

अर्को साता बेलायतसँग श्रम समझदारी गर्ने तयारी

काठमाडौं : बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने सम्बन्धमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको छ। श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शुक्रबार भेट गरी श्रम समझदारीबारे छलफल गरेकी थिइन्। मन्त्रालयमा भएको भेटवार्तामा  नेपाल-बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थ

श्रम समझदारी नवीकरण गर्ने कोरियाली प्रस्तावको बेवास्ता

म्याद सकिएको श्रम समझदारी नवीकरणका लागि कोरियाले पटकपटक पत्राचार गरे पनि नेपाली पक्षले त्यसको बेवास्ता गर्दै आएको छ। नेपाल र कोरियाबीच कामदार पठाउने एमओयूको अवधि सन् २०२० को सेप्टेम्बर २० मा सकिएको हो।...