काठमाण्डौ – रोमानियापछि सरकारले युरोपियन देश जर्मनीसँग पनि श्रम समझदारी गर्ने भएको छ ।
अक्टोबर १० अर्थात् भोलि मङ्गलवार नेपालले जर्मनीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जनाकारी दिनुभयो ।
युरोपेली देश रोमानियासँग नेपालले गएको शुक्रवार मात्र श्रम समझदारी गरेको हो ।
पछिल्लो समय युरोपेली देशमा नेपालीहरूको आकर्षण बढ्दै गएको छ । संस्थागत रूपमा श्रमिकहरू पठाउन नसक्दा व्यक्तिगत माध्यममार्फत लाखौँ रुपैयाँ तिरेर श्रमिकहरू युरोप रोजगारीमा गइरहे...