काठमाण्डौ – नेपालका स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी दिने गरी बेलायत र नेपालबीच श्रम समझदारी पत्रमा भदाै ६ गते हस्ताक्षर भयाे । यो श्रम समझदारीपछि सरकारी प्रक्रियाबाटै नेपालका स्वास्थ्यकर्मी बेलायत रोजगारीमा जान पाउने बाटो खुला भएको छ ।
नेपाल र बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भइसके पनि त्यसको कार्यान्वयनका कतिपय विषय भने छलफलकै चरणमा रहेको छ । स्वास्थ्यकर्मी भनिए पनि सुरुवाती चरणमा नेपाली नर्सलाई मात्र बेलायत पठाउने तयारी छ ।
सरकार सरकारबीचको प्रक्रिया
नेपाल र बेलायतबीच नेपालका स्वास्...