नेपाल–मलेसिया श्रम समझदारी परिमार्जन हुने

काठमाडौं । नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन हुने भएको छ । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रवार भएको भेटवार्तामा यस्तो समझदारी भएको हो । आउँदो अक्टोबरमा यसअघिको समझदारी परिमार्जन हुने बताइएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम समझदारी भएको थियो । अब हुने परिमार्जनमा मलेसियाले घरेलु कामदारको व्यवस्था र नेपालले शून्य लागतको नीतिलाई जोड दिने भनिएको छ । मलेसियाको रोजगारीमा जाने कामदारसँग शुल्क लिन नहुने यसअघि नै सहमति भए पनि श्रमिकले शुल्क तिर्नुपर्ने बाध्यता छ । यसअघिको सम्झौता पूर्णरूपमा कार्यान्वयन नहुँदा कामदार मर्कामा पर्दै आएका छन् । सम्झौता अनुसार रोजगारीका लागि मलेसिया जाने कामदारको हवाई टिकटदेखि, स्वास्थ्य परीक्षणलगायतको सम्पूर्ण खर्च त्यहाँका रोजगारदाताले बेहोर्नुुपर्ने हुन्छ । मलेसियाले नेपाली कामदारलाई उच्च प्राथमिकता दिएको छ । केही समयअघि मलेसिया सरकारले कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरेर १ हजार ५०० रिंगिट (करीब ४६ हजार ५०० रुपैयाँ) पुर्‍याएको छ, जसले गर्दा रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या बढेको छ । श्रम समझदारीमा परिवर्तन भएसँगै शून्य लागतको नीतिलाई कडाइ गर्न सकिए शुल्कविनै नेपाली कामदार मलेसियाको रोजगारीमा जान पाउँछन् ।

सम्बन्धित सामग्री

पाँच लाख कामदारमध्ये धेरैजसो नेपालबाटै लैजाने मलेसियाली गृहमन्त्रीको प्रतिबद्धता

नेपाल भ्रमणका क्रममा नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । उनका अनुसार मलेसियालाई हाल अपुग ५ लाख कामदारमध्ये धेरैजसो नेपालबाट लानका लागि आफूहरु तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी दिएका थिए ।

पाँच लाख कामदारमध्ये धेरैजसो नेपालबाटै लैजाने मलेसियाली गृहमन्त्रीको प्रतिबद्धता

नेपाल भ्रमणका क्रममा नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । उनका अनुसार मलेसियालाई हाल अपुग ५ लाख कामदारमध्ये धेरैजसो नेपालबाट लानका लागि आफूहरु तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी दिएका थिए ।

नेपाल-मलेसियाबीचकाे श्रम सम्झौता परिमार्जन गर्ने समझदारी

नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझादारी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल

नेपाल–मलेसिया श्रम समझदारीपत्र परिमार्जन गर्ने समझदारी - Nepal Japan

नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझादारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच

नेपाल-जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक सम्पन्न,जापान पठाउन सहजीकरण गर्ने

काठमाडौँ । नेपाल-जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ ।  सन् २०१९ मा सम्पन्न श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आयोजित संयुक्त बैठकमा विभिन्न ४ वटा बुँदामा छलफल भएको छ ।  बैठकमा नेपाल जापान श्रम समझदारी पत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरू समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको […]