काठमाडौं : बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने सम्बन्धमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको छ। श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शुक्रबार भेट गरी श्रम समझदारीबारे छलफल गरेकी थिइन्। मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थ