२० जेठ, काठमाडौं । ‘मैले त छोराछोरीलाई बोर्डिङ हालिदिएको छु’ अभिभावकहरु यसो भन्न पाउँदा गर्व महसुस गर्छन् । आम भाषामा निजी विद्यालयलाई ‘बोर्डिङ’ भनी सम्बोधन गरिन्छ, हामीकहाँ । अभिभावकको यो मनोविज्ञानले ‘सामुदायिक विद्यालय’प्रतिको उदासीनता पनि प्रष्ट पार्छ । किन अभिभावकहरु सगर्व ‘छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउँछु’ भनेर भन्न सक्दैनन् ? किनभने सामुदायिक विद्यालयको हालत उत्साहप्रद छैन […]