पाकिस्तानको पञ्जाब प्रान्तको ओकरामा एक युवा फेसन मोडल सिदरा खालिदको हत्या उनका भाइ हमजा खालिदले गरेका छन् । हमजामाथि अनर किलिङको नाममा सिदरालाई गोली हानेको आरोप छ ।ओकराको रेनाला सिटीको एसएचओ इन्स्पेक्टर जावेद खानले भने, ‘सिदरा खालिदलाई मोडलिङमा असाध्यै रुची थियो । उनी ओकरास्थित आफ्नो घर आएकी थिइन् । इदपछि उनी काममा फर्किने तयारीमा थिइन्, यो विषयमा परिवारका सदस्यले आपत्ति जताएका थिए ।’सिदराको हत्याको कारणबारे इन्सपेक्टर जावेदले भने, ‘उनीमाथि परिवारको तर्फबाट मोडलिङ छोड्नका