धनुषामा गाेली लागेर एक जनाकाे ज्यान गयाे

धनुषा - धनुषामा नचिनेका मानिसको समूहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गाेली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–२ का धानुक दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गोली लागेर घाइते भएका ४० वर्षीय दासको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीको भनाइ छ । गोली चलाउनेको खोजी भइरहेको छ ।