पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार भएकाे छ । गाेली लागेर उहाँ घाइते हुनुभएकाे बीबीसी हिन्दीले जनाएकाे छ ।  पाकिस्तानकाे पूर्वी सहर वजिराबादमा आज बिहीवार एक विराेध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री खानमाथि गाेली प्रहार भएकाे हाे । घटनामा अन्य व्यक्ति पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेकाे छ ।  पाकिस्तान तहरीक-ए-इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानकाे खुट्टामा गाेली लागेकाे बताउनुभएकाे खबरमा उल्लेख छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ...

सम्बन्धित सामग्री

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधन

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे ६७ वर्षकाे उमेरमा निधन भएकाे छ । गाेली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेकाे निधन भएकाे जापानका सञ्चारमाध्यमले जनाएका छन् ।   नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियाे । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए । आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती पुरुषमाथि अनुसन्धान जारी राखेकाे छ...

आबेमाथि गाेली प्रहार लोकतन्त्रमाथिको ‘घृणित’ आक्रमण: जापानका प्रधानमन्त्री

पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि भएको आक्रमणपछि टोकियोमा सम्बोधन गर्दै जापानका प्रधानमन्त्री फुमियो किशिदाले घटनाको निन्दा गरेका छन् । पूर्वप्रधानमन्त्रीमाथिको आक्रमणविरुद्ध एक भावनात्मक भाषणमा बोल्दै उनले गोलीबारीलाई 'घृणित कार्य' भनेर निन्दा गरेका हुन् ।

भाषण गरिरहेका आबे अचानक गाेली लागेपछि ढले, आक्रमणकारी पक्राउ

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गाेली प्रहार गर्ने आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेकाे छ । उनलाई घटनालगत्तै स्थानीय प्रहरीले पक्राउ गरेकाे हाे ।

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गाेली प्रहार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गाेली प्रहार भएकाे छ । नारा शहरमा उनीमाथि गोली प्रहार भएकाे जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।