रुसी सैनिकहरूले युक्रेनमाथि चारैतिरबाट आक्रमण गर्ने आशंका

युक्रेनमा रुसले आक्रमण गर्न सक्ने सम्भावना बढिरहेको पश्चिमी सञ्चारमाध्यमहरूले बताएका छन् ।  युक्रेनी सीमामा रुसी सैनिकहरूको गतिविधि हेर्दा यसलाई रुसले भने जस्तो अभ्यास मात्र मान्न सकिन्न । यो त ठूलै सैन्य कारवाहीको तयारी जस्तो देखिन्छ ।  एक गोप्य प्रतिवेदनमा दाबी गरिएअनुसार, रुसले युक्रेनलाई चारैतिरबाट आक्रमण गर्न सक्छ र त्यसको आरम्भ किएभबाट हुनेछ ।  प्रतिवेदनका अनुसार, युक्रेनका अन्य प्रमुख शहरलाई रुसी सैनिक र ट्यांकले घेर्नेछन् अनि लडाकू विमान र हेलिकप्टर आकाशमा तैनाथ गरिनेछन् । रुसका लगभग ६० प्रतिशत स्थ...

सम्बन्धित सामग्री

सैनिक परिचालन सकिएको रुसी घोषणा, जेलेन्स्कीद्वारा आशंका व्यक्त

काठमाडौँ- रुसले सैनिक परिचालन सकिएको घोषणा गरेको छ । युक्रेनमा आक्रमण जारी रहेका बेला केही समयअघि रुसले सैनिक परिचालनको घोषणा गरेको थियो । दोस्रो विश्वयुद्धयता पहिलोपटक रुसले घोषणा गरेको परिचालनका क्रममा ३ लाख सैनिकलाई तैनाथ गर्ने योजना रहेको थियो । शुक्रबार रुसी रक्षामन्त्री सर्गेई सोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेट गर्दै सैनिक परिचालन सम्पन्न भएको […]

रुसी सेनाको पल्टन बेलारुस पुग्यो, बेलारुसले युक्रेनमा आक्रमण गर्न खोजेको आशंका

संयुक्त सुरक्षा परिचालनमा भाग लिन रुसी सेनाको पहिलो पल्टन बेलारुस पुगेको छ । बेलारुसको रक्षा मन्त्रालयले सीमाको सुरक्षाको लागि रुसी सेना आफ्नो देशमा आएको पुष्टि गरेको छ ।रक्षा मन्त्रालयले एक तस्बिर सार्वजनिक गर्दै रुसी सेनालाई राजधानी मिन्स्कमा परम्परागत शैलीमा स्वागत गरिएको उल्लेख गरेको छ । गएकाे सोमबार बेलारुसका नेता अलेक्ज्याण्डर लुकाशेन्कोले युक्रेनले आफ्नो देशमा आक्रमण गर्ने योजना बनाएको दाबी गर्दै रुससँग मिलेर सीमा क्षेत्रमा संयुक्त सेना परिचालन गर्ने उल्लेख गर्नुभएको थियो । लुकाशेन्कोले पोल्याण्ड, लिथुआनिया र युक्रेनले...

युक्रेनको विद्यालयमा रुसले बम खसाल्दा ६० जनाको मृत्यु भएको आशंका

काठमाडौं– पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रहेको एक विद्यालयलाई निशाना बनाइ रुसी फौजले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले जनाएअनुसार विद्यालयमा रुसी फौजले बम खसाल्दा विद्यालय भवन ध्वस्त भएको छ । हाल विद्यालयको भग्नावशेषमा दुई जनाको शव फेला परेको र उद्धारको कार्यलाई तीव्रता दिइएको बताइएको छ । […]

रुसी अर्बपतिमाथि विषाक्त आक्रमण भएको आशंका

काठमाडौं । रुसी अर्बपति रोमन अब्रामोविच विषाक्त आक्रमणको शिकार भएको खुलासा भएको छ। अब्रामोविचमा देखिएका लक्षणहरु विषाक्त आक्रमणको हुनसक्ने भएकाले त्यसको छानविन भईरहेको छ । यही मार्च महिनाको सुरुमा युक्रेन–बेलारुसको सीमा क्षेत्रमा भएको शान्ति वार्ताको क्रममा उनीमाथि विषाक्त आक्रमण भएको हुन सक्ने जनाइएको छ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक अब्रामोभिचको अवस्थामा अहिले सुधार […]

रुसी सेनाकाे आक्रमणमा परी सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु, ५७ घाइते

काठमाडौं । रुसी सेनाले युक्रेनको एक सैनिक ब्यारेकमा आक्रमण गर्दा सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु भएको आशंका गरिएको छ । युक्रेनको माकोलाइभ शहरको उत्तरी क्षेत्रमा रहेको सैनिक ब्यारेकमा रुसले ३ वटा क्षेप्यास्त्र प्रहार गर्दा सय भन्दा बढी युक्रेनी सेना मृत्यु भएकाे आशंका गरिएको हो । करिब २ सय सैनिक रहेको सो ब्यारेकमा गरिएको आक्रमणमा […]

युरोपकै ठूलो उर्जा केन्द्रमा रुसी सेनाले आक्रमण गरेको आशंका

काठमाडौं । रुसी सेनाले युक्रेनस्थित युरोपकै सबै भन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको आशंका गरिएको छ । युक्रेनको जापोरिजियास्थित आणविक उर्जा केन्द्रतर्फ रुसी सेना अघि बढेको खबर आईरकेको बेला उक्त उर्जा केन्द्रमा आगो लागेको जानकारी स्थानीय अधिकारीहरुले दिएका हु्न् । युक्रेनका विदेशमन्त्री दिमोत्री कुलेबाले आज शुक्रबार बिहान ट्वीट गर्दै आणविक उर्जा केन्द्रमा आगो लागेको […]

युक्रेन सीमा नजिक खटिएका केही रुसी सैनिक अड्डा फर्किने

युक्रेन सीमा नजिक तैनाथ रहेका केही रुसी सैनिकहरू आफ्नो अड्डातर्फ फर्किरहेको मस्कोले जानकारी दिएको भनी समाचार संस्था एएफपीले खबर दिएको छ ।  रुसी सैनिकहरू सीमा नजिक खटिँदा युक्रेनमाथि आक्रमण हुन लागेको भनी आशंका व्यक्त गरिएको थियो ।  ‘दक्षिणी र पश्चिमी सैन्य क्षेत्रमा रहेको सैनिक इकाइहरू आफ्नो अड्डातिरै फर्किन थाल्नेछन्,’ रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।