युक्रेन सीमा नजिक खटिएका केही रुसी सैनिक अड्डा फर्किने

युक्रेन सीमा नजिक तैनाथ रहेका केही रुसी सैनिकहरू आफ्नो अड्डातर्फ फर्किरहेको मस्कोले जानकारी दिएको भनी समाचार संस्था एएफपीले खबर दिएको छ ।  रुसी सैनिकहरू सीमा नजिक खटिँदा युक्रेनमाथि आक्रमण हुन लागेको भनी आशंका व्यक्त गरिएको थियो ।  ‘दक्षिणी र पश्चिमी सैन्य क्षेत्रमा रहेको सैनिक इकाइहरू आफ्नो अड्डातिरै फर्किन थाल्नेछन्,’ रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।