सर्लाही : हरिपूर्वा नगरपालिका- १ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्याम बाबु रायको प्यानल नै विजयी भएको छ। ५१ वर्षीय श्याम बाबुले ३७५ मत सहित विजय प्राप्त गरेका हुन्।निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका २४ वर्षीय राकेश कुमार यादवले ३५१ मत प्राप्त गरेका छन्। त्यहाँ स्वतन्त्र १ सहित ७ जना वडाध्यक्षका उम्मेदवार थिए।त्यस्तै, पर्सा गाउँ पालिका–१ मा पनि नेपाली काँग्रेसका सत्येन्द्र राय विजयी भएका छन्। यता हरिवन नगरपालिका–१ मा नेपाली कांग्रेसबाट टम बहादुर घिसिङ विजयी भएका छन्।