सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुवैतर्फका गरी नौ जना घाइते भएका छन् । हरिपूर्वा नगरपालिका ५ मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयका विद्यार्थी र प्रहरीबीचको झडपमा मङ्गलवार सात विद्यार्थी र दुई प्रहरी घाइते भएका हुन् ।
घाइते हुने विद्यार्थीहरूमा सुजितकुमार यादव, ललित मण्डललगायत छन् भने प्रहरीतर्फ जवान विनयकुमार यादव र दिलीपनारायण यादव घाइते भएका छन् । घाइते विद्यार्थी र प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक (इ...