कैलालीको जानकी गाउँपालिकाका किशोरीहरु समुदायमा गलत अभ्यासमा रहेका प्रथाविरुद्ध जागरुक भएका छन् । किशोरीले समुदायमा गलत अभ्यासमा रहेका बालविवाह, बहुविवाह, छाउपडी प्रथाजस्ता प्रथाको विरोध गर्न थालेका छन् । किशोरीले विरोध मात्र होइन, बालविवाह बदर गराउने, छाउगोठ भएका घरमा सम्झाउने, गोठ भत्काउने र समुदायमा जनचेतना जगाउने काम गरिरहेका छन् । जानकी–३, ७ र ६ वडामा किशोरी …