बैतडी : बैतडीमा एक किशोरी बलात्कृत भएकी छन्। मेलौली नगरपालिका घर भएकी अन्दाजी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन्।गत फागुनमा किशोरी बलात्कृत भए पनि अहिले मात्रै जाहेरी आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो। किशोरीमाथि मेलौली नगरपालिका २ का २२ वर्षीय अशोकबहादुर चन्दले बलात्कार गरेको आरोप लागेको छ। आरोपित चन्द फरार रहेका र पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा चन्दको खोजी