नेपाली राष्ट्रियता र राष्ट्रवादलाई बुझ्न सबैभन्दा पहिलो राष्ट्रियता, राष्ट्रवाद र राष्ट्र शब्दका बेग्लाबेग्लै अर्थतिर जानुपर्ने हुन्छ । हेर्दा धेरै समानता देखिए पनि यी तिनै शब्दका बीचमा मौलिक भिन्नता देखिन्छ ।
राष्ट्रियता एउटा आन्तरिक भावना हो, जसले मानिसलाई एउटा सूत्रमा एकताबद्ध गर्छ । यसको पछाडि भावनात्मक तŒवको प्रमुखता हुन्छ । यस्ता भावनात्मक तŒव भनेको भाषा, रीतिरिवाज, सभ्यता, रहनसहन, संस्कृति आदि हुन् । यिनीहरू आपसमा आफ्ना पारस्परिक सादृश्यलाई स्वीकार गर्छन् । उनीहरू अन्यभन्दा आफूलाई भिन्न ठान्छन् । आफ्ना सामाजिक इच्छा स्पष्ट रूपले कायम गर्छन् । यस्ता समूहको आफ्नो कला÷साहित्य हुन्छ, जो अन्यभन्दा भिन्न हुन्छ । राष्ट्रियता एउटा राजनीतिक प्रश्न होइन, बरू एउटा आध्यात्मिक प्रश्न हो । राष्ट्रियता धर्मजस्तै एक आन्तरिक भावना हो । यो अनुभव गर्ने, सोच्ने, बस्ने एउटा तरिका हो ।
भौगोलिक, जातीय, साँस्कृतिक, भाषागत, धर्मगत एकताका साथसाथै ऐतिहासिक घटना, राजनीतिक प्रेरणा, सामान्य अधीनता, सार्वजनिक इच्छा तथा अन्य तŒवबाट राष्ट्रियताको रूप निर्धारित हुन्छ, जसको सम्बन्ध भावनात्मक एकतासँग हुन्छ ।