राष्ट्रवाद र उग्र-राष्ट्रवादको सीमारेखा

चाहे अमेरिका होस् वा युरोप विदेशमा गएर शरणार्थी बन्नु नपरोस् म नेपाली हुँ तर गैरनेपाली भन्नु नपरोस् मेरो पसिना मेरै देशमा खसोस् मेरो आँसु मेरै धरतीमा परोस् बरु मर्नै किन नपरोस् मेरो जिन्दगी बन्धकीमा नपरोस् पराश्रित भएर बाँच्न नपरोस् के हो राष्ट्रवाद ? राष्ट्रियता एक भावना हो । राष्ट्रवाद एक राष्ट्रको लागि माया हो । […]

सम्बन्धित सामग्री

टिकटकिया राष्ट्रवाद

सरकारले टिकटक भन्ने चिनिया एपलाई ड्याम्मै बन्द के गद्र्याथ्यो ठीकठाकसँग चलिरहेको देश अकस्मात् ठ्याक्कै दुई भागमा विभाजित भयो । कोही भन्छन्– सरकार उल्टो बाटो हिँड्यो, कोही भन्छन्– बल्ल सुल्टो हिँड्न खोजेको छ । कोही भन्छन्– सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गर्‍यो त कोही भन्छन्– टिकटकले गर्दा समाजमा विकृति मौलाएकाले ठोकेर ठीक गर्‍यो । कोही भन्छन्– प्रतिगमन भो, कोही अग्रगमन । कोही भन्छन्– सरकारले अमेरिका र भारतको कुरा सुन्योे, अब चीन रिसाउँछ । यसले राष्ट्र कमजोर बनाउँछ । जे होस्, यो टिकटकिया राष्ट्रवाद केही समय त राम्रै टिक्ने देखिन्छ । हाम्रो व्यवहार र व्यापार साँच्चै अनलाइन अर्थात् डिजिटल भैसक्या बेलामा सरकारले यसरी टिकटक झ्याप्पै बन्द चाहिँ गर्न हुन्नथ्यो रे । विकृति मौलाए पनि सके नियमन, नसके अनुगमन, त्यो पनि नसके मात्रै बिस्तारै बिस्तारै बन्द गर्‍या भे चैं हुन्थ्यो रे । देश कति धेरै डिजिटल र टिकटकमय भैसकेछ भने सुन, चाँदी, हीरा, मोतीसम्म पाइने सुपरमार्केट र मलहरूमा जुम्लाको स्याउदेखि हुम्लाको हुक्कासम्म, सिन्धुलीको जुनारदेखि सिलगुडीको सुनारसम्मले टिकटकबाट अपारको व्यापार गरिरा रछन् । हुन पनि अब शोरुम सजाएर, जागीरे जोताएर र लगानी जुटाएर किन पो व्यापार गर्नु ? अल्छी ग्राहकलाई बल्छी हान्न छाडेर को टन्टा बोकोस् । सबैलाई अनलाइनमै खरीद गर्नु छ । खरीददारहरू सबै चिसो एसी चालू गरेर डबल बेडमा घुरिरहेका छन् वा भित्तामा अड्याइएका मोबाइलमै टिकटक हेर्न मस्त छन् । अनि पैसा धेरै लगानी गरेर कानूनी बाटो रोज्ने चाहिँ त्रस्त छन् । तर अहिले सुकेका नरिवल र फुकेका नेता दुवैको भाउ बढिरहेको छ । अफसिजनमा यस्तै हुन्छ । नेता सधैं नरिवलको तुलनामा ज्यादा बिकाउ हुने गरेका छन् । अमला र अम्बा कडा छन् । यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् । मन्त्री, प्रधानमन्त्रीको म्युजिकल चेयर प्रतियोगिता त अहिले छैन । तर नेताहरूको सत्ताको अंशबण्डा अफेयर भने चलिरहेकै छ । युवा जति खाडीमा छन् त सीधै कुरा हो बुढाजति देश हाँक्ने गाडीमा छन् । थुप्रै महिला चुनावै नलडे पनि सांसदको कोट र साडीमा छन् । अहिले त कालाबजारी, गुण्डादेखि गल्लीको भिखारी पनि आफ्नो बोरामा एक–दुई नेताहरू लिएर विक्रीका लागि सडकमा उभिएका छन् । सँगै एकजना सेल्सम्यान अर्थात् विक्री प्रतिनिधि देखिन्छ, जो आफ्नो बोराभित्र चम्किलो खोल भएको प्याकेटमा रहेको सामान कुनै अनलाइन खरीदकर्ताको घरमा डेलिभरी दिइरहेको छ ।  यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् । काठमाडौंदेखि पोखरासम्म, सिन्धुलीदेखि चितवनसम्म, बुटवलदेखि धनगढीसम्म सबै अनलाइन भएका छन् । बरमझिया वा भैरहवाको पेडादेखि बेलायतको मदिरासम्म । चीनको मोबाइलदेखि अमेरिकाको किताबसम्म । डिस्काउन्ड अफर, रिफरल मार्केटिङ, अफिसियल मार्केटिङ र सेल । हाकिम, नेता र जालझेल । सरकारी योजना सबै फेल । सबै बिकिरहेका छन् अनलाइनमा ह्वारह्वार ! मनलाइनलाई अनलाइन समाचार बनाएर कमाउने लाइन पनि चलेकै छन् ।  जसरी कुनै मन्त्री बिक्छ कुनै रिसोर्टमा, मुख्यमन्त्रीको लोभमा । दशैं दिशामा अनलाइनको बबण्डर आफ्नो गतिमा सबैलाई दपेटिरहेको छ, लपेटिरहेको छ । प्रत्येक प्रदेश, महानगर, नगर, गाउँपालिका र वडाहरूमा नेता हाकिम अनलाइन बिक्नका लागि ननलाइनको डोजरसँगै तम्तयार खडा छन् । मेयरदेखि शेयर बजारमा शेयर खरीद विक्री गर्नेहरू समेत टिकटक लगायतका सामाजिक सञ्जालमा महँगी र अस्तव्यस्तताका कविता फुराइरहेका छन् । धर्को तानेर शेयर बजारको भविष्यवाणी गर्नेको बोली पनि बिकेकै छ । हिजोआज केही वर्षमै अनलाइनमा यति कवि र अर्थशास्त्री जन्मिएका छन् कि त्यति त असार साउनमा भ्यागुता पनि हुन्नन् । यता भ्यागुताहरूले कविसँग तुलना गरेकोमा खेद व्यक्त गरिसकेका छन् । तर जति अनलाइन अनलाइन भनेर कुर्लिए पनि अझै युवाहरू विदेशमा जागीर वा कलेजका लागि अनलाइन फारम भरेर पासपोर्ट लिने लाइनमा छन् । बडो गज्जपको दृश्य छ देशैभरि । टिकटके र फेसबुके अफेयर, झगडा, लफडा, सम्मेलन सबै थोक भइरहेको छ । अनलाइन प्रेम भयो । अहिले अनलाइनमै मन्त्रोच्चारणसहित विवाहको कर्म पनि सम्पन्न हुन थालेको छ । आशीर्वाद पनि ई–पेमेन्टबाटै । तुरुन्त धन्यवादको जवाफको श्रव्यदृश्य । बाथरुमको सिटमै बसी बसी आफूलाई मन परेको भोजन अर्डर पनि दिन पाइने भएपछि के चाहियो ? मेनु नै मेनु । बस्, तपाईं क्लिक गर्नुस्, टच गर्नुस् अर्थात् बटन थिचिरहनुस् आफ्नो मोबाइलमा, बाँकी काम अनलाइनवालाले गर्दिहाल्छ । मोडर्न प्लेटफर्म । केही समयपछि नै तपाईंको घरअघि बाइक–गाडीवालाहरू तपाईंको अर्डर डेलिभरी गर्न घुमिरहेका हुनेछन् । अब त निकट भविष्यमै तपाईंको छतमा ड्रोनले सामान झारिरहेका दृश्य सामान्य हुनेछ । तपाईंले आफ्नो बाथरुममै बसी–बसी छतमा उडिरहेका ड्रोनलाई आफ्नो ओटीपी पासवर्ड भन्नुपर्ने हुन्छ । चाहनुभयो भने ओटीपी नुहाउँदा नुहाउँदै वा पलंगमा पल्टिरहेकै अवस्थामा पनि बताउन सक्नुहुन्छ । अनि विवाहको भोज पनि तपाईंकोमा हाजिर भइसक्छ । अनि यसरी अनलाइन विवाह सम्पन्न हुन्छ । यस्तो डिजिटल माहौलमा सरकारले यसरी हठात् टिकटक बन्द गर्न कसरी सकेको होला हँ ? नयाँ दलहरूले टिकटकबाट बल गरेर भोट बटुल्छन् भनेर डराएको कि अमेरिका र भारतले भनेर होश हराको ? खैर अहिले भने अनलाइन डेलिभरीवाला आइपुगे जस्तो छ । धेरै समयदेखि श्रीमतीजीले नेपाली किवी, एभोकाडो र ज्याकफ्रुट फर्माइस गरिरहेकी थिइन् । श्रीमतीलाई खुशी पार्ने योभन्दा उचित अवसर अरू कुनै हुन सक्ला र ? तर मलाई भने एउटा गहिरो चिन्ताले भित्रभित्रै सताइरहेको छ । टिकटक, भाइबर, ट्वीटर (एक्स), मेसेन्जर, लिन्क्डइन, ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम, डिस्कर्ड, स्काईप, टेलिग्राम, ईमेल, जीमेल के को मात्र जवाफ दिएर बसुँ ? चार दिनको जिन्दगी छ । तर दुई–दिन टेलिभिजनले लियो, दुई–दिन इन्टरनेटमा टिकटक सिकटकले वा फेसबुकले लिइरहेछ । टिकटक सदाका लागि बन्दै भएछ भने पनि अर्को कुनै पिकटक, बिगटक, बकबक, कचकच वा त्यस्तै केही नयाँ एप आउँछ नै होला । अनि हामीजस्ता मनुवालाई सताउँछ नै होला । अनि बाँच्ने चैं कहिले ? मादलको तालमा नाच्ने चैं कहिले ? त्यसरी सोच्दा चंै एक मनले भन्छ, सरकारले जुन कारणले टिकटक बन्द गरे पनि कमसेकम एउटा झण्झटबाट अहिलेलाई मुक्ति मिलेको छ । भोको पेटमा एउटा खोक्रो अभिव्यक्ति स्वतन्त्रताबाट र टिकटके राष्ट्रवादको गर्मीबाट छुट्टी मिलेको छ । तपाईंलाई चैं कस्तो लागेको छ कुन्नि ?

क्रुर अर्थशास्त्र र हाम्रो ‘राष्ट्रवाद’

मानिस भावनात्मक प्राणी हो । हाम्रो चाहनाको कुनै सीमा छैन, हुनैपर्छ भन्ने पनि छैन । मान्छेको स्वाभाविक प्रकृति नै प्राप्त हुन नसकेका लक्ष्यहरू प्राप्त गर्ने कोसिस गर्नुमा रहेको हुन्छ भन्न पनि सकिन्छ । सीमित साधन स्रोतका बाबजुद असीमित चाहनाको स्थितिले गर्दा नै अर्थशास्त्रको जन्म भएको हो पनि भनिन्छ । तर, अर्थशास्त्र एउटा यस्तो विज्ञान हो […] The post क्रुर अर्थशास्त्र र हाम्रो ‘राष्ट्रवाद’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद होइन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताउनुभएको छ । बुधबार नेपाल भारतमैत्री समाजको आयोजनामा ७६ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र कांग्रेसको विरोध गर्नु हो भन्ने भाष्य बनेको बताउनुभयो । उहाँले अहिले पनि कहिलेकाही भारतको विरोध […]

‘राष्ट्रियता’ र ‘राष्ट्रवाद’ को बहसका बेला पुराना सम्झना

'राष्ट्रवाद' र 'राष्ट्रवादी' कौवाले कान लग्यो भनेर कागको पछाडि दौडने मसला पनि होइन। जसले गल्ती गरेको छ, उसलाई नै केन्द्रविन्दु बनाएर, कागजी जवाफ या पर्‍यो भने कूटनैतिक जवाफ दिनुपर्ने ठाउँमा अनावश्यक विवाद भड्काउँदा कसलाई फाइदा होला र ?

बलिउडमा मोदी बाहुबल, सिनेमामा पनि हिन्दु राष्ट्रवाद प्रवर्द्धनको दबाब

१६ जेठ, काठमाडौं । भारतीय जनता पार्टीले सिनेमाबाट पनि हिन्दु राष्ट्रवाद प्रवर्द्धनमा जोड दिइरहेको छ । मुस्लिम समुदायप्रति असहिष्णु सिनेमा द कश्मिर फाइल्सका पोस्टर टाँस्न भाजपाकै कार्यकर्ता खटिएका दृष्टान्तदेखि ‘द केरला स्टोरी’बारे मोदी स्वयंको जबर्जस्त बचाउ त्यसका दृष्टान्त हुन् । द केरला स्टोरी केरलामा हिन्दु अतिवादीहरूले निर्माण गरेको भाष्य लभ जिहादमा केन्द्रित थियो । त्यस […]

सीपी मैनाली भन्छन् : मेरो मार्क्सवाद र रवीन्द्र मिश्रको राष्ट्रवाद मिल्दोजुल्दो

३ असोज, काठमाडौं । रवीन्द्र मिश्रको पुस्तक विचारभन्दा माथि देश विमोचनका क्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले आफ्नो मार्क्सवाद र मिश्रको राष्ट्रवाद मिल्दोजुल्दो भएको सुनाए । सोमबार राजधानीमा मिश्रको किताबमाथि टिप्पणी गर्न उभिएका मैनालीले मिश्रको विचारसंग आफ्नो पनि विचार मिलेको सुनाउँदै ०१७ सालमा महेन्द्रले प्रजातन्त्र मासेर देश बचाएको टिप्पणी गरे । नेपाललाई सिक्किम बनाउने ग्राण्ड […]

एमाले हारे राष्ट्रवाद र समाजवाद हार्छः उपाध्यक्ष ज्ञवाली

नेपालगञ्ज, भदो १ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमाले पराजित हुँदा राष्ट्रवाद र समाजवाद नै पराजित हुने बताएका छन् । एमाले बाँके जिल्ला कमिटीको आयोजनामा मंगलबार खजुरामा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘कम्युनिष्ट पार्टीको बर्को ओढेर कांग्रेस जिताउन आउनेहरूलाई जनताले विश्वास गर्ने छैनन् ।’ कार्यक्रममा पार्टीका सचिव तथा लुम्विनी प्रदेश […]

‘द कश्मीर फाइल्स’का निर्देशकले भने– राष्ट्रवाद र देशभक्ति दुवै फरक छन्

एजेन्सी, १५ चैत्र । विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ को बारेमा कबिर खानले निर्देशकहरूले कुनै रणनीति लिएर फिल्म नबनाई कुनै कथाले उत्तेजित भएपछि त्यसमा फिल्म बनाउने उनले बताए । उनले राष्ट्रवाद र देशभक्ति दुई फरक कुरा भएको पनि बताए । एक अन्तर्वार्तामा कबिरले भने, “राष्ट्रवादका लागि धेरै पटक प्रतिद्वन्द्वी वा खलनायक चाहिन्छ, तर, देशभक्तिको […]

‘उग्र राष्ट्रवाद’ र सामरिक स्वार्थले आकार घट्दै गएको युक्रेन

एजेन्सी, ८ फागुन । युक्रेनको राष्ट्रवाद छिमेकी रुसविरोधी भएको छ । रुस विरोधीको हातमा सत्ता छ । युक्रेनीहरु रुससँग युद्धका लागि तयार अवस्थामा छन् । त्यहाँ अमेरिकालगायत नाटो देशहरुले हतियार पुर्याएका छन् । तर, छिमेकी रुससँगको टकरावले युक्रेनले धेरै गुमाइसकेको छ र यो क्रम चलिरहेको छ । पूर्व सोभियत राष्ट्र युक्रेन नाटोमा सदस्य बन्न चाह्यो […]

केपी ओलीको नक्कली राष्ट्रवाद धेरै दिन टिक्दैन : नेतृ झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीको नक्कली राष्ट्रवाद धेरै दिन नटिक्ने बताएकी छिन् । बाहिरी रूपमा जति राष्ट्रियताको पक्षमा देखिएको भए पनि उनको बाहिरी आवरण मात्र...