विपरीत प्रस्तावनाबाट विषयलाई हेरौं । उन्नति–प्रगतिको मार्गमा नेपाल यति पछि पर्नुको कारण हो— यहाँका धेरै नेता ‘राष्ट्रवादी’ हुनु । राष्ट्रवाद, राष्ट्रियता र देशप्रेमजस्ता शब्दले बोक्ने अर्थका लाक्षणिक भिन्नतालाई पनि छाडिदिऔं । यसलाई सोझै यसरी भन्दा पनि हुन्छ— नेताहरूले देशलाई माया गर्छु भन्नु जनताविरुद्धको एक प्रकारको षड्यन्त्र हो ।