काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत निर्वाचनमा निराशाजनक परिणामका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टड्कारो रुपमा रहेको बताएका छन्। काठमाडौं जिल्लाद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले सनातन धर्म संस्कृति र…
शिक्षा विद्हरुले शिक्षाले राष्ट्रियता र उत्पादनलाई जोड्न नसके मुलुकको समग्र शिक्षा प्रणाली नै विफल हुने बताएका छन् । सोमवार राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको विद्यालय तहको परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा विषयक छलफल कार्यक्रममा बोल्दै शिक्षाविदहरूले यस्तो बताएका हुन् । उनीहरूले विद्यार्थीहरूलाई दिने शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताए । शिक्षाविदहरूले उच्च ग्रेडिङ ल्याएका विद्यार्थीहरू समेत अहिले विदेश जाने लाइनमा बस्ने गरेको बताए । शिक्षाविद् व
काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रियता, सङ्घीयता, लोकतन्त्र, संविधानमाथि खतरा हुन थालेपछि पाँच दलीय गठबन्धन गर्नु परेको बताएका छन् । गठबन्धनले आज तुलसीपुरमा गरेको प्रशिक्षण तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा प्रवक्ता महराले लोकतन्त्र, संविधान, राष्ट्रियताका लागि गठबन्धनको आवश्यकता परेको बताएका हुन् । उनले भने, ‘व्यक्तिको भन्दा पनि राष्ट्रको हितका लागि गठबन्धन हो ।’ प्रशिक्षण […]
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धन विजयी हुनका लागि मात्र नभई परिवर्तनका एजेण्डा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्न गरिएको दाबी गरेकी छन्।ललितपुरको गोदाबरी नगरपालिका-१४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता भएको जिकिर गरिन्। मन्त्री भुसालले गठबन्धन निर्वाचनमा विजयी हुनका लागि मात्र नभई परिवर्तनका एजेण्डाको रक्षा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेपालको आन्तरिक मामिलाका फैसला नेपालले नै गरे राष्ट्रियता बलियो हुने बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा भइरहेको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
उनले नयाँ नेपाल निर्माण गर्ने मान्यता के हो? वृहत छलफलको आवश्यकता भएको बताए।…
प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले गणतन्त्र दिवसको शुभ अवसरमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, आत्मसम्मान एवं मानवअधिकारको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि अदम्य साहसका साथ विभिन्न चरणका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि तथा श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रदेशप्रमुखको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “आमूल परिवर्तनका …
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो क्रममा रहेको दावी गरेका छन् ।राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्रको आवश्यकतामा जोड दिएका हुन् ।विधी, संविधान, लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गरेका छन् ।पार्टी स्थापना दिवसको अवसरमा शनिबार जारी स
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । २२९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्या शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले यसको औचित्य हिजो, आज र भविष्यमा पनि रहने जनाएका हुन् ।उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरी संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको समेत प्रस्ट