नेपाल आउन चाहने स्वदेशी तथा विदेशी नागरिकले हवाई यात्रा गर्नु ७२ घण्टा अघि स्वाब संकलन गरिएको पिसिआर रिपोर्टसंगै १० दिन होटेल बुक गरेको प्रमाण पेश गर्नुपर्ने भएको छ । त्यस्तै स्थलमार्गबाट भारत र चीन बाहेक अन्य देशका नागरिकलाई प्रवेश नदिइने भएको छ । अध्यागमन विभागले बिहिबार एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो …
विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस पछिल्लो समयमा नेपालमा पनि फैलिरहेको अवस्थामा मुगु जिल्लाका स्थानीयवासीहरू भारत र नेपालका बिभिन्न भागबाट जिल्लाभित्र आएका स्थानीयवासीहरूको स्वाब संकलन गरी परीक्षणका लागि जुम्ला पठाइएको छ । स्वाब परीक्षण गर्ने मेसिन जिल्लामा नहुँदा निकै समस्या भएको छ ।
दार्चुला : दार्चुलाका विभिन्न छ ठाउँबाट चारसय ५९ शंकास्पद व्यक्तिको कोरोना जाँचका लागि नमूना स्वाब संकलन गरिएको छ।
भारत र अन्य मुलुकबाट दार्चुला आएर क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका ४ सय ५९ जनाको शनिबार नमूना संकलन गरिएको हो। दार्चुलाको दुहुँमा ३८, गोकुलेश्वरमा ८३, मार्मामा १ सय ४५, नौगाडमा ४...
भारत तथा अन्य मुलुकबाट रुकुमपश्चिममा आएका ४१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि कर्णाली प्रदेश राजधानी सुर्खेत पठाइएको छ। कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका २९ जनाको स्वाब संकलन गरेर लगिएको छ।
जुम्ला : जिल्लामा मंगलबार तीन स्थानमा घुम्ती शिविर नै सञ्चालन गरी कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। केन्द्र सरकारको पहलमा हेलिकप्टर नै ल्याएर स्वाब संकलन गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वाब संकलन गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।
भारत र तेस्रो मु...
जुम्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएका ३ सय २४जनाको कोरोना परीक्षणका लागि (स्वाब) संकलन गरी हेलिकप्टरमा काठमान्डौ पठाइएको । चैत ११ गतेयता भारत तथा तेस्रो मुलुकबाट जुम्ला भित्रिएका ३ सय २४ जनाको गुम्ती शिविर मार्फत ‘स्वाब’ संकलन गरी कोरोना परिक्षणका लागि पठाइएको हो ।
नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको घुम्ती शिविरमार्फत एकै पटक स्वाब संकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा कोभिड–१९ विपद व्यवस्थापन टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले जुम्लाका आठै वटा स्थानीय तहका व्यक्तिहरुको स्वाब संकलन गरको हो ।
जुम्ला : जिल्लामा भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको स्वाब संकलन गरिने भएको छ। नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरूको घुम्ती शिविरमार्फत स्वाब संकलन गर्ने भएकाे हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा जिल्लाका ३ स्थानमा स्वाब संकलन गरिने भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले ब...