चितवन। जिल्लामा कोभिड-१९ संक्रमितको संख्या बढेपछि चितवनका ४ वटा अस्पतालले संक्रमितको उपचार गर्ने क्षमता बढाएका छन्। भरतपुर अस्पताल, वीपी कोईराला क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाएका छन्। भरतपुर अस्पतालमा अन्य बिरामीलाई स्थानान्तरण गरेर कोभिड बिरामीका लागि १५० बेड पुर्याइएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले बताए। रासस