हराउन थाले पहाडी ट्रक

हिमाल तथा पहाडमा ढुवानीको भरलाग्दो साधनका रूपमा परिचित खच्चड बिस्तारै हराउन थालेका छन् । सामान ढुवानी गर्ने हिमाली ट्रकको उपनाम पाएका खच्चड सडक यातायात पुगेसँगै हराउन थालेका हुन् । अहिले कालीकोटका कुनै पनि ठाउँमा खच्चड देखिँदैनन् । रास्कोट–२ का उदयराम चौलागाईंले केही वर्षपहिले गाउँमा सडक नहुँदा नौ वटा खच्चड किनेर सामान ढुवानी थाल्नुभयो । गाउँमा सडक थिएन । कर्णाली कोरिडोरको जितेबाट रास्कोट, पलाँता क्षेत्रमा सडक विस्तार नहुँदा चौलागाईंले किनेका नौ खच्चडले व्यापारीको सामान मात्र होइन, निर्माण सामग्रीसमेत बोक्ने गरेका थिए ।

सम्बन्धित सामग्री

हाइलक्स र स्कर्पियोको विकल्प बन्ला रेडारा

काठमाडौं । नेपालमा पीकअप ट्रक भनेकै टोयोटा हाइलक्स र महिन्द्रा स्कर्पियो धेरैले नाम लिने मोडल हुन् । नेपालको जुनसुकै पहाडी सडकमा पनि चलाउन सकिने यस्ता पीकअप ट्रक एसयूभीकै रुपमा प्रयोग हुँदै आएका छन् । बढ्दो विद्युतीय कारको प्रयोगसँगै पीकअप सेग्मेन्टमा पनि ईभीहरु आउन थालेका छन् । जेएसी र मेक्ससले यसअघि इलेक्ट्रीक पीकअप ल्याएपनि त्यसको बिक्री […]

अवैध आयातको अ(व्यवस्थापन)

नेपालको भारतसँग तीनतिर र चीनसँग एकतिर सिमाना जोडिएको छ । तर, सीमाको सही व्यवस्थापन हुन नसक्दा नेपालले अनेक समस्या झेल्नु परिरहेको छ । खुला सिमाना भएको मुलुक भारत नेपालको वैदेशिक व्यापारको पहिलो साझेदार पनि हो । यहाँबाट हुने अवैध आयातको तथ्यांक त कसैसँग हुने कुरै भएन । नेपालतिर महँगो भए भारतबाट सामान वैध/अवैध तरिकाले आउँछ भने भारतमा महँगो भए त्यही तरीकाले भारततर्फ जान्छ । भारतले पनि यसमा पूर्ण रोक लगाउन सकेको देखिँदैन भने यसलाई रोक्न सक्ने क्षमता नेपालसँग नहुनुलाई उत्पातै कमजोरी भन्न सक्ने अवस्था छैन । यही परिदृश्यको फाइदा उठाएर अवैध व्यापार फस्टाउने गरेको छ । त्यसैले नेपालले खुला सिमाना हुँदा हुने अवैध व्यापार कसरी नियन्त्रण गर्ने भन्नेमा विशेष नीति बनाउन आवश्यक देखिन्छ ।  सवारीसाधन नेपालमा दर्ता भएर चलाउनुपर्ने भएकाले यसको चोरी पैठारी हुँदैन । त्यसबाहेकका कुनै पनि सामान सजिलै सिमापारबाट अवैध बाटोबाट नेपाल भित्रिन सक्छ । जति कडाइ गर्दा पनि अहिलेको अवस्थामा यसलाई रोक्न सहज देखिँदैन । तर, अलिकति गम्भीर भएर प्रहरी, प्रशासनले काम गर्ने हो भने सुधार पक्कै हुन्छ । सरकारले चिनी आयातको अनुमति दिन ढिलाइ गर्दा यतिखेर नेपालको पहाडी क्षेत्रमा चिनीको अभाव भई उच्च मूल्यवृद्धि भएको छ भने सीमावर्ती शहरमा यसको मूल्य बढेको छैन । चोर बाटोबाट आउने चिनी सुरक्षाकर्मीले देख्दैनन् तर भन्सार तिरेर ल्याएको सामान भने विभिन्न स्थानमा पटकपटक चेकजाँच गरिन्छ । वैध बाटोबाट सामान आयात गर्नेले हैरानी बेहोर्नु परेको छ भने अवैध बाटोबाट ल्याएको सामान कतै पनि चेकजाँच हुँदैन । यसको अर्थ कि त तस्करहरूको साँठगाँठ सुरक्षाकर्मीसँग हुन्छ कि त सुरक्षाकर्मीले पत्तै पाउन नसक्ने गरी तिनले चोर बाटोबाट ल्याएको सामान देशभर पुर्‍याउँछन् ।  हरेक पसलले बेच्न राखेको मालवस्तुको आयातदेखि विक्रीवितरणसम्ममा ट्र्याकिङ गर्नेगरी अनलाइन प्रणाली विकास गर्ने हो भने यस्तो अवैध आयात रोक्न सकिन्छ । तर, सरकार आफैलाई यसमा विश्वास छैन । नेपालले मरिच र छोकडा आयातमा प्रतिबन्ध लगाएको छ तर बजारमा यी वस्तु सर्वसुलभ रूपमा उपलब्ध छन् । काजु आयातमा भन्सारको किचलो छ तर अवैध तरीकाले काजु आयात भइरहेको छ । अवैध तरीकाले आयात भइरहेका वस्तु बजारमा छ्याप्छ्याप्ती पाइँदा पनि सुरक्षाकर्मी र भन्सार कार्यालयले केही गर्न नसक्नु भनेको जिम्मेवारी अनुसारको काम भइरहेको छैन भन्ने कुराको प्रमाण हो । प्रमुख मार्गहरूमा प्रहरी चौकी नभएको ठाउँ नै छैन । तिनले कन्टेनर, ट्रक रोकेर जाँचिरहेको पनि देखिन्छ । तर, अवैध तरीकाले आएको सामान तिनले समाउनै नसक्ने कारण के हो बुझ्न सकिँदैन । तिनले समातेर भन्सार कार्यालयलाई बुझाएका सामान भने एकाधबाहेक अवैध देखिएका छैनन् । यी सबै कुराले नेपालको सुरक्षा संयन्त्र नै कतै तस्करी रोक्न असफल त भइरहेको छैन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । अवैध चोरीको वृद्धिले अन्तत: अर्थतन्त्रमा नै समस्या सृजना गर्ने भएकाले सरकार गम्भीर हुन आवश्यक हुन्छ । दर्ताविना चलाउँदा पक्राउ पर्ने भएकाले सवारीसाधन अवैध रूपमा भित्रिँदैन भने अन्य वस्तुमा पनि यस्तै चेकजाँच गर्दा फेला पार्न नसकिने होइन । चाडपर्वका बेलामा अनुगमनको नाटक गर्ने र अन्य बेला वास्तै नगर्ने सरकारी प्रवृत्ति नै अवैध आयात बढ्नुको कारण हो ।  त्यसैले उचित संयन्त्र बनाएर, सही नीति बनाएर तिनलाई कडाइका साथ लागू गर्ने हो भने अवैध व्यापार कम गर्न सकिन्छ । हरेक पसलले बेच्न राखेको मालवस्तुको आयातदेखि विक्रीवितरणसम्ममा ट्र्याकिङ गर्नेगरी अनलाइन प्रणाली विकास गर्ने हो भने यस्तो अवैध आयात रोक्न सकिन्छ । तर, सरकार आफैलाई यसमा विश्वास छैन । कर्मचारी विवेक र बुद्धि लगाएर काम गर्नभन्दा कि सबैलाई समात्ने कि सबैलाई छाडिदिने सजिलो उपायमा लाग्ने गरेकै कारण अवैध आयात बढेको हो । सबै कर्मचारीलाई एउटै घानमा हाल्न त मिल्दैन तर समग्र प्रणालीमै सुधार नआउने र सामान आयात र वितरणको पारदर्शी प्रणाली विकास नगर्ने हो भने यस्तो समस्या सधैं रहिरहने देखिन्छ ।

पाँच दिनदेखि अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सञ्चालन

डोटी – गएको सोमवार रातिको अविरल वर्षाका कारण भासिएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आंशिक रुपमा सञ्चालनमा आएको छ । राजमार्गको बुढीतोलामा भासिएको सडक मर्मत भएपछि खाली ट्रक र ट्रिपर तराई झर्न शुरु भएको ट्राफिक प्रहरीले जनाएको छ । जमिन मुनि पानी भएकाले सडकसमेत हिलोे हुँदा हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न नदिइएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अब वर्षा नभएको खण्डमा मात्र यातायात सञ्चालन गर्न सकिने बताएको छ । राजमार्गको भ्यागुते पानी, बुढी तोला लगा...

बन्दका कारण अरुणपूर्वका ९ जिल्लाको यातायात प्रभावित

मोरङ – राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बुवानले गरेको बन्दका कारण धरानलगायत अरुणपूर्वका ९ जिल्लाको यातायात प्रभावित भएको छ। बन्दका कारण पहाडी क्षेत्रबाट चल्ने लामो तथा छोटो दूरीका सवारी ठप्प छन्। बन्दका कारण धरान प्रवेश गर्ने तीनकुने चोकमा मालवहाक ट्रक, बस, निजी सवारी रोकिएका छन्। धरानमा शैक्षिक क्षेत्रसमेत बन्द गरिएको छ। साँझ ५ बजेपछि बन्द फिर्ता […]

खाद्य सामग्री ल्याउन सीमामा अवरोध

भारतीय सीमासुरक्षा बल (एसएसबी)ले भारतबाट आयात हुने दैनिक उपभोग्य सामग्रीहरू ल्याउन अवरोध गरेपछि महेन्द्रनगरलगायत आसपासका दर्जनौं गाउँमा उपभोग्य वस्तुको मूल्य दोब्बर भएको छ । गत महिना महाकाली नदीमा बाढी आएकाले पुल जोखिममा पर्ने भन्दै भारतीय भन्सारले मालवाहक ट्रक र जीपहरूमा रोक लगाएको थियो । त्यसपछि वनबासादेखि उपभोग्य सामग्रीहरू ल्याउनु परेकाले मूल्य दोब्बर हुनु पुगेको किराना व्यवसायीहरू बताउँछन् । ‘उताबाट एसएसबीले चिनी, तेल र दाललगायतका सामानहरू ल्याउनै दिँदैन, मूल्य नबढाएर हामीले के गर्नु ?’ भीमदत्त नगरपालिका, महेन्द्रनगर–१ भाँसीका किराना व्यवसायी प्रमोद जोशीले भने, ‘सरकारले गड्डाचौकी–वनबासा नाकालाई उपेक्षा गरेको परिणति हो यो ।’ दशैं–तिहारमा बढी मात्रामा खपत हुने चिनी, दाल, मसलालगायतका वस्तुहरू ल्याउन नदिएपछि मूल्यवृद्धि भएको व्यवसायीहरूले बताएका छन् । सीमावर्ती वनबासामा बुधवार चिनीमा २ रुपैयाँ वृद्धि हुँदा महेन्द्रनगरमा रू. ८ बढेको क्याम्पस रोडका किराना व्यवसायी प्रेमसिंह साउदले बताए । गतवर्षको तुलनामा यो वर्ष चामल, दाल, आटा, तरकारी, चिनी र तेललगायतका अत्यावश्यकीय दैनिक उपभोग्य वस्तुको मूल्य झन्डै दोब्बर भएको छ । भारतबाट नजीक पर्ने सीमाक्षेत्रकै बजारहरूमा मूल्यृद्धि भएपछि सेती र महाकाली अञ्चलका सातवटा पहाडी जिल्लामा असर परेको उपभोक्ताहरूको गुनासो छ । वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७

शैक्षिक शत्र शुरु भएको ३ महीना पछि मनाङमा आइपुग्यो ५०% पुस्तक

जेठ १९, मनाङ । यस वर्षको शैक्षिक शत्र शुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन ।  विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवम् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको हो ।  हिमाली जिल्ला मनाङमा शैक्षिक शत्र शुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई मनाङका प्रमुख मतिलाल चपाईंले जानकारी दिए । ‘जिल्लामा आवश्यक पुस्तक समयमा आउनै मुस्किल छ, विगतमा जस्तो जिल्लाका माथिल्लो मनाङ र तल्लो मनाङमा फरक–फरक गरी शैक्षिक शत्र शुरु हुने भए पनि यसवर्ष एक साथ सञ्चालन गरिएको छ । पुस्तक अभावले भने पठनपाठनमा समस्या सिर्जना भएको छ,’ चपाईंले भने ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै सबै पुस्तक छपाइ भ्याएर प्रत्येक जिल्लामा आउनुपर्ने भए पनि समयमा पूरा नगर्दा त्यसको असर प्रत्यक्ष रुपमा बालबालिकाको भविष्यमाथि परेको उनी बताउँछन् ।  ‘सबै विद्यार्थी एउटै श्रेणीका हुँदैनन् । केहीलाई पुस्तकबिना बुझाउनै मुस्किल छ । तर, पुस्तक अभावले बालबालिकाको शिक्षण सिकाइमा असर परेको छ,’ उनले भने, ‘तेस्रो हप्ता बढी भइसक्दा बल्ल ५० प्रतिशत पुस्तक जिल्लामा आइपुगेको छ । पूरै आउन अझै समय लाग्ने अवस्था देखिएको छ ।’ सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।  जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको जानकारी दिएको छ । चालू शैक्षिक शत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पुस्तक छापिएको केन्द्रले जानकारी दिएको छ ।  जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जानकारी दिएको छ ।  यस वर्षको शैक्षिक शत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पुस्तक छाप्नु पर्ने हो । अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरेको जनाउँदै आएको छ ।  बाँकी पुस्तक असार पहिलो हप्तासम्म छपाइ सक्ने र अबको एक महीनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने जनक शिक्षाले जानकारी दिएको छ ।  केन्द्र बिक्रेतामार्फत ७७ ओटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाएको छ । काठमाडौं उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउँदै आएको छ । बाहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक÷दुई ट्रक पठाइरहेको पनि जानकारी दिएको छ ।  सबै पुस्तक जिल्लामा आइनपुगेको र केही थान आएकाले पठनपाठनलाई विभिन्न माध्यमबाट विद्यार्थीलाई पठनपाठनमा सहज बनाउने प्रयासमा लागिरहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए । विद्यालय आए पनि पुस्तक सबै विषयका पुस्तक आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताए ।  उनका अनुसार पुस्तकका पाठ डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीलाई ‘हेन्सआउट’ दिएर पठनपाठन हुँदै आएको छ । ‘टपिक्स डाउनलोड गर्ने र फोटोकपि गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,’ कोइरालाले भने ।  लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर होमवर्क गर्न समस्या भएको बताउँछन् । शिक्षकले सिकाएका सबै दिमागमा लिन नसकेको अवस्थामा किताब हेर्न नपाएर सिके पनि सहज भने नभएको उनी बताउँछन् ।  ‘हाम्रो त किताब हेरेर पढ्ने बानी छ नि १ किताब हेर्ने बानीले किताबबिना त पढेको र बुझेको जस्तो नै लाग्दैन । केही किताब आएको छ । अब विस्तारै सजिलो बन्छ होला’ उनले भने । उनका अनुसार शिक्षकले दिएका गृहकार्य गर्ने क्रममा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ । रासस

तरकारीको मूल्य अस्वभाविक रुपमा बढ्दा उपभोक्ता मर्कामा

कात्तिक १५, कञ्चनपुर । चाडपर्वकै मुखमै जिल्लामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको छ ।  निरन्तरको वर्षापछि तरकारीको मूल्य दोब्बरदेखि तेब्बरले बढेको छ । तरकारीको मूल्य एक साताको अवधिमै २० देखि ८० प्रतिशतले बढेको छ ।  मूल्य बढेसँगै उपभोक्ता मार्कामा परेका छन । सबैभन्दा बढी दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी मारमा परेको छ । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबान पारेर नोक्सानी गरेका कारण तरकारीको मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ रहेको छ । ‘वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन’, मण्डी व्यवसायी संघका अध्यक्ष विसाल सोनारले भने, ‘किसानको खेतबारीमा वर्षाले केही बाँकी राखेन, तरकारीको अभाव भएसँगै मूल्य अकासिएको छ, माग धेरै छ, आपूर्ति थोरै छ, त्यसैले मूल्य वृद्धि भएको छ ।’ तरकारीको स्थानीय उत्पादन पर्याप्त हुँदा मूल्य थोरै हुने गरेको थियो । ९० प्रतिशत तरकारी वर्षाले वर्वाद पारेपछि उपभोक्ताको माग धान्नै गाह्रो रहेको उनले बताए । ‘केही तरकारी पहाडी जिल्लाबाट निर्यात भएर आउँथ्यो, केही स्थानीय उत्पादन हुन्थ्यो र केही तरकारी भारतबाट आउने गरेको थियो’, उनले भने, ‘त्यसैले मूल्य थोरै हुन्थ्यो, हाल भारतीय तरकारीले मात्रै यहाँको बजार धान्दै आएको छ ।’ उनका अनुसार हाल ८० प्रतिशत तरकारी भारतबाट, १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ भने पाँच प्रतिशत तरकारी मात्रै स्थानीय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ । विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानिय स्तरमा नै उत्पादन हुने गरेको थियो । २० प्रतिशत तरकारी मात्रै बाह्य क्षेत्रबाट आयात हुने गरेको थियो । भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानी रुपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यमा वृद्धि हुनु कारण रहेको बताइएको छ । भारतबाट हाल दैनिक पाँच देखि छ ट्रक बढी तरकारी भारतबाट आयत हुने गरेको छ । बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ । पहाडी क्षेत्रबाट आउने गरेको तरकारी बिचौलियाका कारण मूल्य वृद्धि भएको व्यवसायीले नै बताउने गरेका छन् ।  व्यवसायीका अनुसार हाल बजारमा रू. ३० प्रति किलोका दरले विक्री हुने सेतो आलु रू. ५०, रू. ३५ मा विक्री हुने रातो आलु रू. ६०, रू. ६० मा विक्री हुदै आएको पहाडी आलु रू. ८० मा खुद्रा मूल्यमा विक्री भइरहेको छ । यसैगरी, रू. ८० मा विक्री हुँदै आएको प्याज रू. १०० देखि रु १२०, गोलभेँडा ठूलो रू. ८० बाट रू. १२०, फर्सि रू. ६० बाट रु १००, लौका रू. ५० बाट रू. ९०, बोडी रू. ६० बाट रू. १२०, काउली रू. ६० बाट रू. ९० प्रति किलोका दरले विक्री भइरहेको छ ।  भान्टा रू. ६० बाट रू. १२०, मिसला मिर्च रू. १२० बाट रू. २००, काँक्रा रू. ६० बाट रू. १०० र हरियो साग रू. ५० बाट रू. १२० प्रति किलोका दरले विक्री भइरहेको छ । सिमी रू. ८० बाट रु १६०, तिते करेला रू. ६० बाट रू. १४०, खुर्सानी रू. ८० बाट रु १३० प्रति किलोका दरले खुद्रा मूल्यमा विक्री भइरहेको छ । व्यापारीले तरकारीमा प्रति किलोमा १० देखि २० प्रतिशतसम्म नाफा राखेर बेच्न सक्ने प्रावधान भए पनि ४० देखि ६० प्रतिशतसम्म नाफा राखेर बेच्ने गरेको उपभोक्ताको भनाइ छ ।  चाडपर्वका बेला तरकारीको मूल्य आकासिएको भएपनि स्थानीय प्रशासनले भने तरकारी बजारको हालसम्म अनुगमन नगर्दासमेत तरकारीको मूल्य अकासिएको बताइएको छ । रासस

सुदूरपश्चिमका अतिविपन्‍न २२५ मुक्त हलिया परिवारका लागि राहत पठाइयो

कञ्चनपुर : लकडाउनबाट प्रभावित सुदूरपश्चिमका चार जिल्लाका २२५ अतिविपन्न मुक्त हलिया परिवारलाई राहत वितरण गर्न कञ्चनपुरबाट राहत सामग्री बोकेको ट्रक आज बिहान पहाडी जिल्लातर्फ पठाइएको छ। लुथरन विश्व फेडरेसन नामक संस्थाको सहयोगमा राष्ट्रिय हलिया मुक्त समाज महासंघले राहत सामग्रीसहितको ट्रक पठाएको हो। डडेल्धुरा, बैतडी, ...