डोटी – गएको सोमवार रातिको अविरल वर्षाका कारण भासिएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आंशिक रुपमा सञ्चालनमा आएको छ ।
राजमार्गको बुढीतोलामा भासिएको सडक मर्मत भएपछि खाली ट्रक र ट्रिपर तराई झर्न शुरु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
जमिन मुनि पानी भएकाले सडकसमेत हिलोे हुँदा हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न नदिइएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
अब वर्षा नभएको खण्डमा मात्र यातायात सञ्चालन गर्न सकिने बताएको छ । राजमार्गको भ्यागुते पानी, बुढी तोला लगा...