अवैध आयातको अ(व्यवस्थापन)

नेपालको भारतसँग तीनतिर र चीनसँग एकतिर सिमाना जोडिएको छ । तर, सीमाको सही व्यवस्थापन हुन नसक्दा नेपालले अनेक समस्या झेल्नु परिरहेको छ । खुला सिमाना भएको मुलुक भारत नेपालको वैदेशिक व्यापारको पहिलो साझेदार पनि हो । यहाँबाट हुने अवैध आयातको तथ्यांक त कसैसँग हुने कुरै भएन । नेपालतिर महँगो भए भारतबाट सामान वैध/अवैध तरिकाले आउँछ भने भारतमा महँगो भए त्यही तरीकाले भारततर्फ जान्छ । भारतले पनि यसमा पूर्ण रोक लगाउन सकेको देखिँदैन भने यसलाई रोक्न सक्ने क्षमता नेपालसँग नहुनुलाई उत्पातै कमजोरी भन्न सक्ने अवस्था छैन । यही परिदृश्यको फाइदा उठाएर अवैध व्यापार फस्टाउने गरेको छ । त्यसैले नेपालले खुला सिमाना हुँदा हुने अवैध व्यापार कसरी नियन्त्रण गर्ने भन्नेमा विशेष नीति बनाउन आवश्यक देखिन्छ ।  सवारीसाधन नेपालमा दर्ता भएर चलाउनुपर्ने भएकाले यसको चोरी पैठारी हुँदैन । त्यसबाहेकका कुनै पनि सामान सजिलै सिमापारबाट अवैध बाटोबाट नेपाल भित्रिन सक्छ । जति कडाइ गर्दा पनि अहिलेको अवस्थामा यसलाई रोक्न सहज देखिँदैन । तर, अलिकति गम्भीर भएर प्रहरी, प्रशासनले काम गर्ने हो भने सुधार पक्कै हुन्छ । सरकारले चिनी आयातको अनुमति दिन ढिलाइ गर्दा यतिखेर नेपालको पहाडी क्षेत्रमा चिनीको अभाव भई उच्च मूल्यवृद्धि भएको छ भने सीमावर्ती शहरमा यसको मूल्य बढेको छैन । चोर बाटोबाट आउने चिनी सुरक्षाकर्मीले देख्दैनन् तर भन्सार तिरेर ल्याएको सामान भने विभिन्न स्थानमा पटकपटक चेकजाँच गरिन्छ । वैध बाटोबाट सामान आयात गर्नेले हैरानी बेहोर्नु परेको छ भने अवैध बाटोबाट ल्याएको सामान कतै पनि चेकजाँच हुँदैन । यसको अर्थ कि त तस्करहरूको साँठगाँठ सुरक्षाकर्मीसँग हुन्छ कि त सुरक्षाकर्मीले पत्तै पाउन नसक्ने गरी तिनले चोर बाटोबाट ल्याएको सामान देशभर पुर्‍याउँछन् ।  हरेक पसलले बेच्न राखेको मालवस्तुको आयातदेखि विक्रीवितरणसम्ममा ट्र्याकिङ गर्नेगरी अनलाइन प्रणाली विकास गर्ने हो भने यस्तो अवैध आयात रोक्न सकिन्छ । तर, सरकार आफैलाई यसमा विश्वास छैन । नेपालले मरिच र छोकडा आयातमा प्रतिबन्ध लगाएको छ तर बजारमा यी वस्तु सर्वसुलभ रूपमा उपलब्ध छन् । काजु आयातमा भन्सारको किचलो छ तर अवैध तरीकाले काजु आयात भइरहेको छ । अवैध तरीकाले आयात भइरहेका वस्तु बजारमा छ्याप्छ्याप्ती पाइँदा पनि सुरक्षाकर्मी र भन्सार कार्यालयले केही गर्न नसक्नु भनेको जिम्मेवारी अनुसारको काम भइरहेको छैन भन्ने कुराको प्रमाण हो । प्रमुख मार्गहरूमा प्रहरी चौकी नभएको ठाउँ नै छैन । तिनले कन्टेनर, ट्रक रोकेर जाँचिरहेको पनि देखिन्छ । तर, अवैध तरीकाले आएको सामान तिनले समाउनै नसक्ने कारण के हो बुझ्न सकिँदैन । तिनले समातेर भन्सार कार्यालयलाई बुझाएका सामान भने एकाधबाहेक अवैध देखिएका छैनन् । यी सबै कुराले नेपालको सुरक्षा संयन्त्र नै कतै तस्करी रोक्न असफल त भइरहेको छैन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । अवैध चोरीको वृद्धिले अन्तत: अर्थतन्त्रमा नै समस्या सृजना गर्ने भएकाले सरकार गम्भीर हुन आवश्यक हुन्छ । दर्ताविना चलाउँदा पक्राउ पर्ने भएकाले सवारीसाधन अवैध रूपमा भित्रिँदैन भने अन्य वस्तुमा पनि यस्तै चेकजाँच गर्दा फेला पार्न नसकिने होइन । चाडपर्वका बेलामा अनुगमनको नाटक गर्ने र अन्य बेला वास्तै नगर्ने सरकारी प्रवृत्ति नै अवैध आयात बढ्नुको कारण हो ।  त्यसैले उचित संयन्त्र बनाएर, सही नीति बनाएर तिनलाई कडाइका साथ लागू गर्ने हो भने अवैध व्यापार कम गर्न सकिन्छ । हरेक पसलले बेच्न राखेको मालवस्तुको आयातदेखि विक्रीवितरणसम्ममा ट्र्याकिङ गर्नेगरी अनलाइन प्रणाली विकास गर्ने हो भने यस्तो अवैध आयात रोक्न सकिन्छ । तर, सरकार आफैलाई यसमा विश्वास छैन । कर्मचारी विवेक र बुद्धि लगाएर काम गर्नभन्दा कि सबैलाई समात्ने कि सबैलाई छाडिदिने सजिलो उपायमा लाग्ने गरेकै कारण अवैध आयात बढेको हो । सबै कर्मचारीलाई एउटै घानमा हाल्न त मिल्दैन तर समग्र प्रणालीमै सुधार नआउने र सामान आयात र वितरणको पारदर्शी प्रणाली विकास नगर्ने हो भने यस्तो समस्या सधैं रहिरहने देखिन्छ । 

सम्बन्धित सामग्री

अवैध जडिबुटीसहित लमजुङबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडिबुटीसहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले ३ सय ९० किलो अवैध जडिबुटी (सुनगाभा) लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो ।...

बाँकेका अवैध क्रसर बन्द

जिल्लामा सञ्चालित अवैध तथा मापदण्डविपरीतका क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन्।

अवैध काठसहित ट्रक बरामद

रौतहट स्थित सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठ सहितको एउटा ट्रक बरामद गरेको छ।  डिभिजन बन कार्यालय रौतहटबाट सहायक वन अधिकृत  बैजनाथ मण्डलको नेतृत्वमा गएको गस्ती टोलीले  ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध  तरिकाबाट सालको चिरान काठसहित बरामद गरेको हो । चन्द्रपुर नगरपालिका जुडीबेला गाउँबाट अवैध काठ लोड गरी आउनेक्रममा गएराती टोलीले चाँदीखोलाको पुल छेउबाट ट्रक लाई नियन्त्रणमा लिएको थियो । बरामद ट्रकमा १ सय ५०  क्यूफिट भन्दा बढी अवैध चिरान काठ फेला परेको डिभिजन बन कार्या

अवैध खसीबोका नियन्त्रण

कपिलवस्तु : जिल्लाकाे कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ। जिल्लाको शिवराज नगरपालिका–२ हल्लानगरबाट गएराति पिकअपमा लोड गरी चन्द्रौटातर्फ ल्याउँदै गरेको अवस्थामा ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिइएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ।भन्सार नगरी भारतबाट लुकाइछिपाइ ल्याइएको रु एक लाखभन्दा बढी मूल्य पर्ने अवैध खसीबोका अनुगमन टोलीले नियन्त्रणमा लिएको हो।पछिल्लो समय जिल्लाको विजयनगर गाउँपालिकामा रहेको नेपाल–भारत सीमामा खसीबोकालगायत अन्य त

अवैध खसीबोका नियन्त्रण

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ । जिल्लाको शिवराज नगरपालिका–२ हल्लानगरबाट गए राति पिकअपमा लोड गरी चन्द्रौटातर्फ ल्याउँदै गरेको अवस्थामा ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिइएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । भन्सार नगरी भारतबाट लुकाइछिपाइ ल्याइएको रु एक लाखभन्दा बढी मूल्य पर्ने अवैध खसीबोका अनुगमन […]

अवैध हतियारको त्रासमा मधेस

जनकपुरधाम । समयान्तरमा मधेसमा सशस्त्र समूहहरूको गतिविधि बन्द भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। मधेसी समाज अवैध हतियारको त्रासमा बाँच्न विवश छ । अवैध हतियारको कारोबार नरोकिँदा त्यसको बाछिटाले समाज आक्रान्त बन्दैछ । मधेस मुक्तिका लागि भन्दै गठन भएका सशस्त्र समूहले भित्र्याएका अवैध हतियारलाई अहिले व्यक्तिले कमाइ खाने भाँडो र रिस साँध्ने […]

बाँकेमा नदीजन्य सामग्री अवैध उत्खनन

बाँकेमा नदीजन्य सामग्री अवैध रुपले उत्खनन गरिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका अन्तर्गत पर्ने विभिन्न स्थानमा अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको हो।...

फर्निचर उद्योगबाट अवैध काठ बरामद

रौतहटके एक फर्निचर उद्योगबाट अवैध काठ बरामद भएको छ। वनबाट अवैध रुपमा ल्याइएको साल र सिसौको काठ डिभिजन वन कार्यालयले बरामद गरेको हो।...

अवैध सुर्ती बरामद

भारतबाट उत्पादन गरिएको अवैध रुपमा सुर्खेत ल्याइँदै गरेको सुर्तीजन्य वस्तु प्रहरीले बरामद गरेको छ।...

अवैध लागुऔषधसहित दुई युवक पक्राउ

अवैध लागुऔषधसहित सिरहामा प्रहरीले दुई  युवकलाई पक्राउ गरेको छ ।  पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका १० मा चेकजाँचको क्रममा अवैध लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...