तरकारीको मूल्य अस्वभाविक रुपमा बढ्दा उपभोक्ता मर्कामा

कात्तिक १५, कञ्चनपुर । चाडपर्वकै मुखमै जिल्लामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको छ ।  निरन्तरको वर्षापछि तरकारीको मूल्य दोब्बरदेखि तेब्बरले बढेको छ । तरकारीको मूल्य एक साताको अवधिमै २० देखि ८० प्रतिशतले बढेको छ ।  मूल्य बढेसँगै उपभोक्ता मार्कामा परेका छन । सबैभन्दा बढी दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी मारमा परेको छ । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबान पारेर नोक्सानी गरेका कारण तरकारीको मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ रहेको छ । ‘वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन’, मण्डी व्यवसायी संघका अध्यक्ष विसाल सोनारले भने, ‘किसानको खेतबारीमा वर्षाले केही बाँकी राखेन, तरकारीको अभाव भएसँगै मूल्य अकासिएको छ, माग धेरै छ, आपूर्ति थोरै छ, त्यसैले मूल्य वृद्धि भएको छ ।’ तरकारीको स्थानीय उत्पादन पर्याप्त हुँदा मूल्य थोरै हुने गरेको थियो । ९० प्रतिशत तरकारी वर्षाले वर्वाद पारेपछि उपभोक्ताको माग धान्नै गाह्रो रहेको उनले बताए । ‘केही तरकारी पहाडी जिल्लाबाट निर्यात भएर आउँथ्यो, केही स्थानीय उत्पादन हुन्थ्यो र केही तरकारी भारतबाट आउने गरेको थियो’, उनले भने, ‘त्यसैले मूल्य थोरै हुन्थ्यो, हाल भारतीय तरकारीले मात्रै यहाँको बजार धान्दै आएको छ ।’ उनका अनुसार हाल ८० प्रतिशत तरकारी भारतबाट, १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ भने पाँच प्रतिशत तरकारी मात्रै स्थानीय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ । विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानिय स्तरमा नै उत्पादन हुने गरेको थियो । २० प्रतिशत तरकारी मात्रै बाह्य क्षेत्रबाट आयात हुने गरेको थियो । भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानी रुपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यमा वृद्धि हुनु कारण रहेको बताइएको छ । भारतबाट हाल दैनिक पाँच देखि छ ट्रक बढी तरकारी भारतबाट आयत हुने गरेको छ । बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ । पहाडी क्षेत्रबाट आउने गरेको तरकारी बिचौलियाका कारण मूल्य वृद्धि भएको व्यवसायीले नै बताउने गरेका छन् ।  व्यवसायीका अनुसार हाल बजारमा रू. ३० प्रति किलोका दरले विक्री हुने सेतो आलु रू. ५०, रू. ३५ मा विक्री हुने रातो आलु रू. ६०, रू. ६० मा विक्री हुदै आएको पहाडी आलु रू. ८० मा खुद्रा मूल्यमा विक्री भइरहेको छ । यसैगरी, रू. ८० मा विक्री हुँदै आएको प्याज रू. १०० देखि रु १२०, गोलभेँडा ठूलो रू. ८० बाट रू. १२०, फर्सि रू. ६० बाट रु १००, लौका रू. ५० बाट रू. ९०, बोडी रू. ६० बाट रू. १२०, काउली रू. ६० बाट रू. ९० प्रति किलोका दरले विक्री भइरहेको छ ।  भान्टा रू. ६० बाट रू. १२०, मिसला मिर्च रू. १२० बाट रू. २००, काँक्रा रू. ६० बाट रू. १०० र हरियो साग रू. ५० बाट रू. १२० प्रति किलोका दरले विक्री भइरहेको छ । सिमी रू. ८० बाट रु १६०, तिते करेला रू. ६० बाट रू. १४०, खुर्सानी रू. ८० बाट रु १३० प्रति किलोका दरले खुद्रा मूल्यमा विक्री भइरहेको छ । व्यापारीले तरकारीमा प्रति किलोमा १० देखि २० प्रतिशतसम्म नाफा राखेर बेच्न सक्ने प्रावधान भए पनि ४० देखि ६० प्रतिशतसम्म नाफा राखेर बेच्ने गरेको उपभोक्ताको भनाइ छ ।  चाडपर्वका बेला तरकारीको मूल्य आकासिएको भएपनि स्थानीय प्रशासनले भने तरकारी बजारको हालसम्म अनुगमन नगर्दासमेत तरकारीको मूल्य अकासिएको बताइएको छ । रासस

सम्बन्धित सामग्री

तरकारीको मूल्य अकासियो

जनकपुरधाम– तरकारीको मूल्य अकासिएको छ । हरियो तरकारीको मूल्य दोब्बरले बढेपछि उपभोक्ताहरू मारमा परेका हुन् । जनकपुरधामको पेठिया बजारमा भेटिएकी सुधा कर्णले बजारभरि घुमेर महँगो मूल्य तिर्दासमेत राम्रो र ताजा तरकारी नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘तरकारीको मूल्य कुरै नगरौं, पहिलो किलो आउने पैसाले अहिले पाउ मात्र आउँछ । त्यो पनि पसलैपिच्छे फरक–फरक मूल्य […]

आकाशियो तरकारीको मूल्य

कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पादकत्ममा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए ।निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउ बढेको उनको अनुमान छ । झण्डै एकसाता देखिको अविरलका वर्षाका कारण विभिन्न स्थानबाट तरकारी गन्तव्य ठाउँमा पुग्न नसकेकाले तरकारीको मूख्य बढेको तरकारी व्यवसायीको भनाइ छ । वर्षाले तरकारी उत्पादनमा कमी

आकाशियो तरकारीको मूल्य

कैलाली– कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पादकत्वमा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका-२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए। निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउँ बढेको उनको अनुमान छ । झण्डै एकसाता देखिको अविरलका वर्षाका कारण विभिन्न […]

आजको तरकारीको मूल्य (मूल्यसूची)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज बिहीबार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य ३१ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छःवस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २५०रू. ३००२७५.००अंगुर(हरियो)के.जी.रू. १४०रू. १८०१६०.०

तरकारीको मूल्य महँगियो

१६ पुस, काठमाडौं । पछिल्लो समय हरियो तरकारीको मूल्य महँगिएको छ । हिउँदमा उत्पादन हुने आलु, काउली, बन्दा, मटरकोसा, गोलभेडा लगायतका तरकारीको मूल्य थोकमै बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार थोकमै किलोमा २० देखि ३० रुपैयाँसम्म यस्ता तरकारीको मूल्य बढेको छ । गत वर्ष जाडोमा मूल्य घटेका हरियो तरकारीको […]

आज कुन–कुन तरकारीको मूल्य कति छ ?  (मूल्यसूची)

आज मंगलबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजार विकास समितिले सार्वजनिक गरेका तरकारीको मूल्य सूचीअनुसार बजारमा तरकारीको मूल्य तोक्ने गरिन्छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ । आज कुन–कुन तरकारीको मूल्य कति छ त ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४००रू. ४५०४२५.००अंगुर(हरियो)के.जी.रू.

कुन–कुन तरकारीको मूल्य कति पुग्यो ?  (मूल्यसूची)

आज सोमबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजार विकास समितिले सार्वजनिक गरेका तरकारीको मूल्य सूचीअनुसार बजारमा तरकारीको मूल्य तोक्ने गरिन्छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ । आज कुन–कुन तरकारीको मूल्य कति छ त ? वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४५०रू. ५००४७५.००अंगुर(हरियो)के.जी

तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ । तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान भएपछि मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ । “वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन”, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भने, &ldq...

ह्वात्तै घट्यो तरकारीको मूल्य

हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो । गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महीनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतल...

किन ह्वात्तै बढ्यो तरकारीको मूल्य ?

एक महिनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ ।  कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको खबर आर्थिक अभियान दैनिकमा छापिएको छ ।