सप्तरी – आज असार १५ गते अर्थात् धान दिवस । हुन त आज देशभरि खेतमा धान राेपेर दिवस मनाइएकाे छ । तर सप्तरीमा भन्ने धान दिवसका अवसरमा स्थानीयवासी युवाहरूले सडकमै धान रोपाइँ गरेका छन् ।
सामान्य वर्षामा पनि सप्तरीको पातो–कठोना सडक खण्ड हिलाम्मे बनेको भन्दै आक्रोशित युवाहरूले सडकमै धान रोपाइँ गरेका हुन् । वर्षाैँदेखि याे सडक खण्ड जीर्ण रहेको तथा सामान्य वर्षामा पनि हिलाम्मे बनेको भन्दै स्थानीय युवाहरूले याे सडकमा धान रोपाइँ गरेको डाक्नेश्वरी नगरपालिका ७ का अर्जुन यादवले बताउनुभयाे ।
डाक्नेश्वरी नगरपालिक...